back

नदाँज यसलाई सुनमा

वि.सं.२०७५ साउन २३ बुधवार

189 

shares
RBB AD
NTC AD

शितल शितल उज्यालो छ, ताप नखोज जूनमा
माया जो छ अमूल्य छ, नदाँज यसलाई सुनमा

अरुलेझैं तिम्ले पनि भन्यौ माया गर्छु
वारि हुँदा साथै हुन्छु, पारि सँगै तर्छु
भन्ने सबले यस्तै नै हो, गर्ने अर्कै धूनमा
माया जो छ अमूल्य छ, नदाँज यसलाई सुनमा

सम्झनामा रुझी कैयौं, रात बिताएँ भन्छौ
ढुक्ढुकिमा मायालुको, साथ सजाएँ भन्छौ
मन छ अनि परेली छ, राख्छौ माया कुनमा ?
माया जो छ अमूल्य छ, नदाँज यसलाई सुनमा
इति

बरिष्ठ गीतकार गदाल सुप्रशिद्ध छिन्नलता गीति पुरस्कार २०७४बाट विभूषित छन् । -सम्पादक

वि.सं.२०७५ साउन २३ बुधवार १३:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

गजल

गजल

अलख निरन्जन लोहार टीकापुर कैलाली,हाल- भारत आफ्नाहरूको भर हुन्न साथी...

गजल

गजल

धनसिंह गिरि, दाङ गरी पाप पैसा कमाए तिनले सधैँ नाक...

गजल

गजल

केशवप्रसाद ढकाल ’प्रीतबीज’ सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा धरा धाम सारा...

गजल

गजल

उत्तम विचार, नुवाकोट हिजो राख्छु भन्थ्यो अधरमा उसैले पु¥याएर छाड्यो...