back

गजल ७८

वि.सं.२०७५ साउन २७ आइतवार

186 

shares
RBB AD
NTC AD

हाँसी–हाँसी छुरा धस्ने खुनीलाई भुल्दिन म
तर पनि किन–किन उनीलाई भुल्दिन म

पिएर नै बेहोसी भर्इ बरु भुल्छु आफैँलाई
तड्पाएर छाडिजाने बैगुनीलाई भुल्दिन म

सपनीको सुन्दर संसार सजाएर राखुँ भन्थेँ
त्यही संसार जलाइदिने धुनीलाई भुल्दिन म

रित्तो–रित्तो उदास–उदास आकाश हेरी बाँचिरा’छु
घाम–जून बिना बिताएको यो जुनीलाई भुल्दिन म

इति

गजलकार थुलुङ भूटान गजल मञ्चका अध्यक्ष तथा नेपाली साहित्यका  शुप्रसिद्ध गजलकार हुन । – सम्पादक

वि.सं.२०७५ साउन २७ आइतवार १०:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...