back

अब सरर पोखरा देखि मुक्तिनाथसम्म केवलकारैमा, यसरी अघि बढ्दै छ काम

वि.सं.२०७५ साउन २९ मंगलवार

186 

shares
RBB AD
NTC AD

२९ साउन, काठमाडौँ । पोखरालाई मुक्तिनाथसम्म जोड्ने हालसम्मकै लामो दुरीको केवलकार निर्माण हुने भएको छ । पोखराको नयाँ पुलबाट प्रसिद्ध धार्मिक स्थल मुस्ताङको मुक्तिनाथसम्म जोड्ने केवलकार निर्माणको लागि लगानी बोर्डले मुक्तिनाथ दर्शन प्रालिलाई विस्त्रृत आयोजना प्रतिवेदन निर्माण गर्न अनुमति दिईसकेको छ । उक्त केवलकारको लम्बाई ७० देखि ७५ किलोमिटर हुने अनुमान गरिएको छ ।

आयोजनाको डिपिआर तथा वातावरणीय प्रभाव मुल्यांकनको लागि बोर्डले कम्पनीलाई १८ महिनाको समय दिनेछ । उक्त समय एमओयुमा हस्ताक्षर भएको दिन देखी गणना हुनेछ ।

लगानी बोर्डले अनुमति दिएसँगै अब बोर्ड र कम्पनीबीच विस्तृत आयोजना प्रतिवेदन तयारीका लागि समझदारी गर्ने तयारी भइरहेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष अरुण कुमार सुवेदीले कम्पनी र बोर्डबीच एमओयुमा हस्ताक्षर हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । ‘एमओउका लागि अन्तिम चरणमा पुगेका छौँ’ सुवेदीले भने, ‘आयोजना निर्माणका लागि हाम्रा केहि शर्तहरु छन् ती शर्तमा सरकार समेत सकारात्मक छ, केहि दिनमा यो विषय टुंगो लाग्छ ।’

आयोजनाको डिपिआर तथा वातावरणीय प्रभाव मुल्यांकनको लागि बोर्डले कम्पनीलाई १८ महिनाको समय दिनेछ । उक्त समय एमओउमा हस्ताक्षर भएको दिन देखी गणना हुनेछ ।

प्रारम्भिक चरणमा मापन गर्दा आयोजनाको लम्बाई ८१.५ किलोमिटर देखिएको छ । तर डिपिआर निर्माणमा सबैभन्दा कम दूरी मापन गरिने हुँदा केवलकारको लम्बाई ७० देखि ७५ प्रतिशतमा सिमित हुने कम्पनीको अनुमान रहेको छ । वर्षा सकिएलगत्तै आयोजनाको डिपिआरको काम सुरु गर्ने कम्पनीको योजना रहेको छ ।

८५ प्रतिशत वैदेशिक ऋण ल्याउने र १५ प्रतिशत सञ्चालक समितिको ईक्वीटी रहने गरि आयोजना निर्माण हुनेछ । यसको लागि ३५०० करोड डलर ३६ अर्ब बराबर वैदेशिक ऋण ल्याउने तयारी कम्पनीले गरिरहेको छ । सुवेदीका अनुसार आयोजना निर्माण सम्पन्न हुँदा करिब ४० अर्ब लाग्ने छ ।

अहिले जारी पुँजी ८५ करोड रुपैयाँ र चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको कम्पनीमा सञ्चालक थप गरी चुक्ता पुँजी १५ करोड रुपैयाँ बनाउने तयारी भइरहेको पनि ती सञ्चालकले जानकारी दिए ।

वि.सं.२०७५ साउन २९ मंगलवार १०:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

धरान । । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक...

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको...

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित दुसित...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

काठमाडौँ । उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज नेपाली बजारमा...