back

जनताले थाल्यो विदेशबाट पनि रेमिट्यान्स सेवा

वि.सं.२०७५ साउन २९ मंगलवार

426 

shares
GLOBAL IME AD
NTC AD

२९ साउन, काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । देशभित्र ‘जनता रेमिट’ मार्फत सहज आन्तरिक रेमिट्यान्स सेवा दिदै आएको बैंकले विदेशमा रहेका ग्राहकहरुलाई समेत सुविधा दिने उद्देश्यले यो सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बेक्स मनी एक्स्प्रेस एक्स्चेन्ज बहराइन र जनता बैंक नेपाल लिमिटेडबिच हालै भएको सम्झौताबाट अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिटमार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । खाताबाट कारोवार गर्नको लागि बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरीे जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटिएम कार्ड प्राप्त गरी कारोबार गर्न सक्नेछन् ।

बहराइनबाट जनता रेमिटमार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १ सय २२ शाखाको अतिरिक्त करिब १६ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सक्ने छन् ।

भारत र कुवेतसँगको सम्झौता अन्तिम चरणमा पुगेको र निकट भविष्यमै मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएईबाट समेत जनता रेमिट सेवा सुरु गरिने बैंकले जनाएको छ । ‘जनता बैंक नेपाली जनताको बैंक’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पु¥याउँदै आएको छ ।

वि.सं.२०७५ साउन २९ मंगलवार १७:०८ मा प्रकाशित

इला होटल–मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

इला होटल–मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडाैँ । इला होटल्स एन्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारमा प्रभु...

संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु...

यार्सा सङ्कलनका लागि स्थानीय बासिन्दा पाटनतिर

यार्सा सङ्कलनका लागि स्थानीय बासिन्दा पाटनतिर

मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको...