back

नेपाली कामदार लैजाने प्रक्रियामा बायोमेट्रिक गर्ने मलेशियन कम्पनी बर्खास्त

वि.सं.२०७५ साउन ३० बुधवार

180 

shares
RBB AD
NTC AD

३० साउन, काठमाडौँ । मलेसियन सरकारले नेपाली कामदार लैजाने प्रक्रियामा बायोमेट्रिक गर्ने कम्पनी ‘बेस्टिनेट एसडीएन बीचडी’लाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
कामदारसँग अनधिकृत रुपमा शुल्क असुलेर सम्पत्ति शुद्धीकरणको मुद्धामा मुछिएको कम्पनीलाई निलम्बन गरेको हो ।
यो कम्पनीले नेपालमा ३९ वटा मेडिकलहरुलाई एजेन्ट तोकेर कामदारको स्वास्थ्य परीक्षण र बायोमेट्रिकमा एकाधिकार कायम गरेको थियो । योसँगै अब कामदार लैजाने प्रक्रियालाई मलेसियाका तर्फबाट पनि बन्द भएको छ ।
नेपाली कनमदारहरुलाई बायोमेट्रिक, भीएलएन, आईएससी, ओएससी लगायतका प्रावधानका नाममा मलेशिया जाने कामदारसँग मोटो रकम असुल्दै आएको थियो । मलेशियाका मानव संशाधानमन्त्री एम कुलासेगरनले वैकल्पिक प्रक्रिया अबलम्बन गरेर भएपनि कामदार पठाउन आग्रह गर्दै आएका छन् । कामदार अभावको समस्याबाट गुज्रिएको मलेशियाले नेपाली कामदार लैजान जिटूजी अर्थात सरकार र सरकारबीचको समझदारीबाट कामदार लैजान चासो देखाएको छ ।
यसको लागि मन्त्री कुलेसागरन नेपाल आउने तयारी गरिरहेका छन् । श्रम मन्त्रालय स्रोतका अनुसार मन्त्री कुलेसागरनलाई नेपाल भ्रमणको निम्तो दिईसकिएको छ ।

वि.सं.२०७५ साउन ३० बुधवार ०९:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

धरान । । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक...

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको...

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित दुसित...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

काठमाडौँ । उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज नेपाली बजारमा...