back

एनएमबी बैंकको गत आर्थिक वर्षको नाफा १ अर्ब ८१ करोड

वि.सं.२०७५ साउन ३० बुधवार

123 

shares
RBB AD
NTC AD

३० साउन, काठमाडौँ । एनएमबी बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ८१ करोड २९ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा २३.५५ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्ष बैंकले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ नाफा गरेको थियो ।
यस्तै बैंकको निक्षेप परिचालन बढेर ८४ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि विस्तार भई ७५ अर्ब ८५ करोड ७० लाख रुपैयाँ छ । संचित कोषको आकार बढेर ९ अर्ब १९ करोड ४५ लाख रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर २ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ थियो ।

नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी पनि बढेर ३१ रुपैयाँ २६ पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ईपीएस २७ रुपैयाँ २४ पैसा थियो । बैंकको निक्षेप लागत ७.४६, निक्षेप कर्जा अनुपात ७७.७२, आधारदर १०.७० निष्क्रिय कर्जा ०.८८ प्रतिशत रहेको छ ।

वि.सं.२०७५ साउन ३० बुधवार ०९:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

धरान । । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक...

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको...

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित दुसित...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...