back

एनसीसी बैंकको अघिल्लो आर्थिक वर्षको नाफा २३.६७ प्रतिशतले घट्यो

वि.सं.२०७५ साउन ३० बुधवार

129 

shares
RBB AD
NTC AD

३० साउन, काठमाडौँ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको अघिल्लो आर्थिक वर्षको नाफा घटेको छ ।
बैंकको नाफा २३.६७ प्रतिशतले घटेर १ अर्ब ७ करोड २० लाखमा सिमित भएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा २५ करोड ३७ लाख रुपैयाँ घटेको छ ।

बैंकको ब्याज आम्दानीमा भएको गिरावटले नाफा घटेको हो । गत वर्ष बैंकले १ अर्ब ८९ करोड रुपैयाँ मात्र ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ८४ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकको ब्याज आम्दानी ९५ करोड ७७ लाख रुपैयाँ घटेको छ ।

यस्तै बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष ७२ रुपैयाँ ६३ पैसा थियो । बैंकको निष्क्रिय कर्जा घटेर ३.८९ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ४.८० प्रतिशत थियो । निक्षेप लागत ८.२७, कर्जा निक्षेप अनुपात ७६.७६, आधारदर ११.९२ प्रतिशत रहेको एनसीसीले जनाएको छ ।

बैंकले ६३ अर्ब ५१ करोड ९७ लाख रुपैयाँ निक्षेप परिचालन गरी ५५ अर्ब ३१करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषको आकार बढेर ५ अर्ब १६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

वि.सं.२०७५ साउन ३० बुधवार ०९:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

धरान । । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक...

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको...

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित दुसित...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

काठमाडौँ । उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज नेपाली बजारमा...