back

स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा २ सय करोड नाघ्यो

वि.सं.२०७५ साउन ३० बुधवार

138 

shares
RBB AD
NTC AD

३० साउन, काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको गत आर्थिक वर्षको नाफा ४६.२८ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब १ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको थियो । एक वर्षको अवधिमा बैंकले ६३ कोड ८७ लाख रुपैयाँ नाफा बढाएको छ ।
बैंकले गत आर्थिक वर्षमा ६७ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ निक्षेप परिचालन गरी ४७ अर्ब ७ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार ६ अर्ब २३ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको ब्याज आम्दानी बढेर ३ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी बढेर २७ रुपैयाँ ६० पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ईपीएस २२ रुपैयाँ ७८ पैसा थियो । बैंकको निष्क्रिय कर्जा ०.१८, निक्षेप लागत बढेर ४.३१, कर्जा निक्षेप अनुपात ७१.६८, आधारदर बढेर ७.८७ प्रतिशत पुगेको छ । आधार दर बढ्दै गएको बैंकले जनाएको छ ।

वि.सं.२०७५ साउन ३० बुधवार ०९:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

धरान । । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक...

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको...

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित दुसित...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

काठमाडौँ । उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज नेपाली बजारमा...