३० साउन, काठमाडौं । सिमिल बैंकले गत आर्थिक वर्षमा ६४ करोड नाफा गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा झण्डै दोब्बरले वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकको नाफा ३४ करोड रुपैयाँ थियो ।
बैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ २० पैसा छ । बैंकको सेयर पुँजी ८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब २२ करोड रुपैयाँ छ ।
निक्षेप जम्मा ४० अर्ब २ करोड रुपैयाँ छ भने कर्जा सापटी ४० अर्ब ४७ करोड र सेयर लगानी ५ अर्ब ६६ करोड छ ।
सीडी रेसियो ७५ प्रतिशत छ भने खराव कर्जा २.६५ प्रतिशत छ ।
वि.सं.२०७५ साउन ३० बुधवार ०९:५७ मा प्रकाशित