back

ओम डेभलोपमेन्ट बैंक प्राईम कमर्सियल बैंकमा गाभियो

वि.सं.२०७५ भदौ ४ सोमवार

186 

shares
RBB AD
NTC AD

४ भदौ, काठमाडौँ । काठमाडौंमा स्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले पोखरा कास्की चिप्लेढुंगा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन)गर्ने सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीले एक समारोहकाबीच सहमतिपत्रमा हस्ताक्षर गरे ।

केन्द्रीय नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, सीमित तर थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्न सहमति जनाइएको बैंकले जनाएको छ ।

ओम डेभलपमेन्ट बैंकका ग्रामीण क्षेत्रमा थुप्रै शाखा संजालहरु रहेका छन । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ११६ हुनेछ । असार मसान्तको वित्तीय विवरण अनुसार कुल निक्षेप एक खर्बभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुनेछ ।

वि.सं.२०७५ भदौ ४ सोमवार ०९:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

धरान । । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक...

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको...

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित दुसित...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

काठमाडौँ । उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज नेपाली बजारमा...