back

सुर्खेतका दुई वृद्ध मृत फेला परे

वि.सं.२०७५ भदौ ४ सोमवार

594 

shares

४ भदौ, सुर्खेत । यही भदौ २ र ३ गते सुर्खेतका दुईजना वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै मन्दिर आसपास बस्दै आएका नाम बतन नभएका नाति भन्ने नामले चिनिने ७५ वर्षीय वृद्ध मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । मृतक बाँठा मगर गुर्भाकोटको हिले स्वास्थ्य चौकीमा १ गते उपचार गरी फर्केको र २ गते अपराह्न ४ बजेतिर सो नगरपालिकाको आँखा रिग्ने भन्ने जङ्गलमा मृत भेटिएको उनले बताए ।

उनका अनुसार नाम बतन नभएका मृतकको प्रहरी मुचुल्कापश्चात् शव परीक्षणका लागि क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । दुवै जनाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ भदौ ४ सोमवार १४:१८ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...