back

गत आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७५ भदौ ५ मंगलवार

132 

shares
RBB AD
NTC AD

५ भदौ, काठमाडौँ । गत असारमा वैदेशिक रोजगारबाट गएका कामदारबाट ५१ अर्ब रेमिटयन्स भित्रिएको छ । जेठ मसान्तसम्म ६ खर्ब ७९ अर्ब भित्रिएको रेमिट्यान्स असार सकिदा बढेर ७ खर्ब ३० अर्ब पुगेको हो ।

अघिल्लो आव २०७३÷७४ मा ६ खर्ब ९५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । गएको आवमा रेमिट्यान्स भित्रिने क्रममा केही सुधार आएको छ ।

गएको आवमा नेपाल भित्रिएको रेमिट्यान्स अघिल्लो आवभन्दा ३५ अर्ब बढी हो । आव २०७३÷७४ मा ४.५१ प्रतिशतले बढेको रेमिट्यान्स गत आवमा सुधार भएर ५.०३ प्रतिशत वृद्धिद्धर पुगेको छ ।
विशेषगरी नेपालबाट मलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुबेत, दक्षिण कोरिया, बहराइन, ओमानलगायत मुलकमा कामदार जाने गरेका छन् । मेलेसिया, कतार, संयुक्त अरब इमिरेट्स नेपालीका प्रमुख गन्तव्य हुन् । गत आवमा सबैभन्दा धेरै कामदार मलेसिया गएका छन् ।

नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार गत आवमा मलेसियामा एक लाख चार हजारभन्दा बढी कामदार गएका छन् । कतारमा ९७ हजार पाँच सयभन्दा बढी, संयुक्त अरब इमिरेट्समा ५५ हजार ६ सयभन्दा कामदार गएका छन् ।

आर्थिक वर्ष २०७०र७१ मा पाँच खर्ब ४३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकामा गएको आवसम्म आइपुग्दा करिब ८५ प्रतिशतले वृद्धि भएर ७ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । यति ठूलो आय नेपाल भित्रिए पनि यसको सही उपयोग हुन सकेको छैन ।

वि.सं.२०७५ भदौ ५ मंगलवार ०९:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

धरान । । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक...

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको...

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित दुसित...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

काठमाडौँ । उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज नेपाली बजारमा...