२१ अगस्ट, साउदी । साउदी अरवको जिजान नजिकै जेद्दा रोडस्थित नेपाल मेलमिलाप संघको कार्यालय नजिक आगलागी हुँदा नेपाली कामदारको नगद र सामानहरु जलेर नष्ट भएका छन् ।
संघको कार्यालय नजिक ‘साउदी पम्प’ नामक कम्पनी ब्लोक र कङ्गक्रिट फ्याक्ट्रीमा बिजुली सर्ट भइ आगलागी हुँदा नेपाली कामदारहरुको नगद र सामानहरु जलि नष्ट भएका छन् ।
आगलागी हुनासाथ बिन ओत ओत कम्पनीमा कार्यरत महन बिक्रम बिस्टले नेपाल मेलमिलाप प्रबासिय संघका अध्यक्ष लिला (बिचारी) बहादुर बुढाथोकीलाइ जानकारी गराएका थिए । जानकारी पाउनासाथ बुढाथोकी घटनास्थल पुगी पीडितहरुको अबस्था बुझेका थिए ।
दमकल सहित आएको पुलिसको टोलीले घट्नास्थाल वरिपरि जान सर्वसाधारणलाई रोक लगाए पनि संघका कोषाअध्यक्ष अमर तामाङ्ग अरबि भाषा जानकार भएको र नेपाली साथीभाई तथा अन्य ब्यक्तिलाई सहयोग गर्न गएको जानकारी दिए पश्चात् भेट्ने अनुमति मिलेको बुढाथोकीले बताए ।
उनका अनुसार कम्पनीमा काम गर्ने कामदारहरु बस्ने एउटा कन्टिनरमा बिजुली सट हुदा आगो लाग्न पुगेको थियो । आगो लाग्दा नेपाली, इण्डियन लगायत अन्य कामदार बस्ने कोठाहरु जलेर सबै सामानहरु जलेर पूर्ण रुपमा ध्वस्त भएको छ भने खाने बस्ने ओड्ने ओछ्याउने सबै खरानी भए पनि मानविय क्षति भने भएको छैन तर सबै कामदाहरु भने सकुसल रहेका छन् ।
हावाहुण्डरि चलेको कारण दम्कल आई आगो निभाएता पनि नेपाली कामदारहरु जिवन बि क, ओम बि क र असिकलाल यादब लगायत अन्यमुलुकका कामदारहरुका सबै सामान नगद, मोबाइल, कागतपत्र जलेर ध्वस्त भएका छन् । जिवन बि क २९ महिनादेखि काम गरिरहेका ब्यक्ति केहि महिना पछि स्वदेश घर छुट्टी जाने तयारीमा थिए ।
ड्राइभर काम गर्दै आएका जीवन आफू मकवानपुर जिल्ला हेटौडा नगरपालिका वार्ड न ५ वासामाडौंका स्थायी बासि हुन् । जीवनको ३४०० सय रियाल नगद, घर जानको लागि किनेका सामानहरु १५०० सय रियाल, अकमा, लाइसेन्स सबै थोक हिसाब गर्दा नेपाली नगद रु १८०००० (अक्षेरेपी एक लाख असिहजार मात्र) नोक्सान भएको अनुमान गरिएको छ ।
छुट्टिमा नेपाल गइ बिबाह गर्ने तयारीमा रहेका उनि घटना पश्चात् भएको क्षतिले निकै निरास छन् ।
त्यसैगरी सिराहा जिल्ला लाहान नगरपालिका वार्ड न २२ पटेरुवा स्थायी घर भएका ओम बि क पनि स्वदेश जाने तयारीमा थिए । उनको पनि मोबाइल लगायत अन्य सामान गरेर १४८० रियाल अर्थात नेपालि नगद रु ४०००० (अक्षेरेपी चालिस हजार मात्र) जलेर ध्वस्त भएको छ । छुट्टिबाट आएको एक दिन नहुदै असिक लाल यादबको ओड्ने ओछ्याउने लगायतका सामाग्री जलेर नष्ट भएका छन ।
उनि सप्तरी जिल्ला रोपनी गाँउपालिका वार्ड न ८ वासि हुन् । अध्यक्ष लिला बहादुर बुढाथोकी, उपाअध्यक्षमा मान बहादुर मगर,सचिब कुमार तामाङ्ग, सहसचिव सन्तोष लिम्बु, कोषाअध्यक्ष अमर तामाङ, सदस्य सबिन बि.क, सदस्य डेनिश राइ, सदस्य नबिन काम्बाङ, बरिस्ट सल्लाहकार सोम बहादुर लिम्बु,सल्लाकार डिल्लिसेर बुढाथोकी,सल्लाकार पदम बहादुर लिम्बु लगायतका पदाधिकारी सम्मेलित ‘नेपाल मेलमिलाप प्रबासी संघ’ साउदी अरबको जिजानमा कृयाशिल रहेको र आपत बिपत पर्दा नेपालीहरुलाई सहयोग पुर्याउदै आईरहेको संघका अध्यक्ष लिला बहादुर बुढाथोकीले बताए ।
वि.सं.२०७५ भदौ ५ मंगलवार ११:०६ मा प्रकाशित