back

यसरी सकिन्छ बीआरआई अन्तर्गत चीनको राष्ट्रिय रेल्वे सञ्जालमा नेपाल र भारतलाइ जोड्न

वि.सं.२०७५ भदौ ६ बुधवार

339 

shares

६ भदौ, काठमाडौँ । चीनका सिचुवान विश्वविद्यालय, दक्षिण एशियाली अध्ययन केन्द्रका प्रमुख प्राडा दाइ योङहोङले बेल्ट एण्ड रोड इनिशिएटिभअन्तर्गत चीनको राष्ट्रिय रेल्वे सञ्जालमा नेपाल र भारतलाई समेत जोडिन सक्ने सम्भावना रहेको बताएका छन् ।

मदन भण्डारी फाउण्डेशनले आज यहाँ ‘बेल्ट एण्ड रोड इनिशिएटिभः भू–राजनीतिलाई भन्दा पूर्वाधार विकासलाई प्राथमिकता’ विषयक संवाद कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

काठमाडौँ विश्वविद्यालय स्कूल अफ ल का डिन डा विपिन अधिकारीले बेल्ट एण्ड रोड इनिशिएटिभ ः भूराजनीतिलाई भन्दा पूर्वाधार विकासलाई प्राथमिकता विषयक कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा अघि सारेको बेल्ट एण्ड रोड इनिशिएटिभ कार्यक्रम अहिले विश्वव्यापी सहमतिको विषय भइसकेको बताए ।

नेपालीसहित विश्वका ६७ देशले बिआरआई चीनसँग सहकार्य गर्न सम्झौता गरेका छन् । नेपालले आफ्नो विकासका निम्ति उत्तर र दक्षिण फर्कनुको सट्टा विश्वव्यापी दृष्टिकोण राख्नुपर्ने कार्यपत्रमा उल्लेख छ ।

कार्यपत्रमा भनिएको छ, “बिआरआई विकासको कुनै एउटा पक्षलाई मात्र ध्यान दिने कार्यक्रम होइन, यसले ठूला पूर्वाधार निर्माण, व्यापार विस्तार, जनस्तरको सम्बन्ध विकास, शिक्षा, स्वास्थ्यलगायत गरिबी निवारणलाई पनि समेटेको छ ।”

व्यापार र लगानीका लागि विकासशील मुलुकलाई आर्थिक स्रोत उपलब्ध गराउनु बिआरआईको एउटा प्रमुख उद्देश्य हो । यसका लागि एशिया इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कको स्थापना पनि भएको छ । जसको प्रमुख लगानीकर्ता चीन, भारत र रशिया छन् ।

शान्ति र सहयोग, खुलापन र समावेशीकरण, पारस्परिक सिकाइ तथा पारस्परिक लाभ बिआरआईका यी चार वटा प्रमुख विशेषता हुन् । बिआरआईका विभिन्न नौ वटा कनेक्टिभिटी कोरिडोरमध्ये चीन–नेपाल–भारत कोरिडोर पनि एउटा हुन सक्ने कार्यपत्रमा उल्लेख छ ।

यो कार्यक्रम भू–राजनीतिक एजेण्डा नभएर विकास र पारस्परिक सहयोगको योजना हो । यसको फाइदा लिन सके नेपाल दुई ढुङ्गा बीचको तरुल नभएर दुई ठूला आर्थिक शक्ति बीचको मोति हुन सक्ने पनि कार्यपत्रमा उल्लेख छ ।

वि.सं.२०७५ भदौ ६ बुधवार ०९:१४ मा प्रकाशित

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

काठमाडौं । विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने...

नाडा भारत मोविलिटीमा सहभागी हुने

नाडा भारत मोविलिटीमा सहभागी हुने

काठमाडौँ । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल भारतमा हुन लागिरहेको...

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

काठमाडौं । नामी कार एक महिनामै नेपालको सडकमा गुड्न थालेको...

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बोनस...

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...