Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

टर्कीको सिरियाली सीमा क्षेत्रमा आत्मघाती विस्फोट, टर्कीका तीन प्रहरीको मृत्यु



१ असोज,इस्तानबुल (टर्की) । शङ्कास्पद इस्लामिक स्टेट (आईएस) समूहका लडाकूले सिरियाली सीमा क्षेत्रमा अवस्थित टर्कीको सहर गाजियनटेपमा सञ्चालन गरिएको आतङ्कवाद विरोधी सुरक्षा जाँचका क्रममा खटिएका प्रहरीमाथि आत्मघाती विस्फोट गराउँदा आइतबार टर्कीका तीन प्रहरी अधिकारीको ज्यान गएको छ ।

आक्रमणकारीले टर्कीको प्रहरी आतङ्कवादीको आश्रयस्थललाई लक्षित गरी सुरक्षा गतिविधि बढाएपछि आफ्ना लडाकू कारबाहीमा पर्ने डरमा उक्त विस्फोट गराएको बताइएको छ ।

स्थानीय प्रशासक अलि यर्लिकायाले विस्फोटमा तीन प्रहरी जवानको मृत्यु भएको यहाँको अनादोलु न्युज एजेन्सीले जनाएको छ । रासस÷एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले