back

नेपाल मेलमिलाप प्रबासीय संघ, साउदीको बैठक सम्पन्न

वि.सं.२०७५ भदौ १० आइतवार

624 

shares

नेपाल मेलमिलाप प्रबासीय संघको बैठक संघका अध्यक्ष लिला (बिचारी) बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको छ ।

साउदी अरबको सविया जेद्दा रोड अबस्थित कार्यालयमा शनिबार बसेको संघको बैठकले साउदी अरबमा दिनानु दिन चुलिदै गएको नेपाली कामदारहरुको समस्या र ति समस्याहरुलाई नियन्त्रण गर्न नेपाल सरकार, नेपाली राजदूताबास, नेपाली महावाणिज्य दूताबास लगायत विभिन्न निकाय र संघ सस्थाहरुसँग मिलेर सहकार्य गर्ने निचोड निकालेको छ ।

बैठकले समस्याहरुलाई न्यूनिकरण तथा निराकरण गर्न नेपाल मेलमिलाप प्रबासीय संघमा खबर प्राप्त हुनाका साथ संघका कुन पनि सदस्यहरुले आलटाल नगरी पीडित सम्म पुग्ने र घट्नाको अबस्था र प्रकृति हेर संघबाट हुनसक्ने पहल र सहयोगमा जुट्ने निर्णय गरेको अध्यक्ष बुढाथोकीले जनाएका छन् ।

अध्यक्ष केसीका अनुसार हाम्रो टिम साउदी अरबको भाषा, धर्म, कानुनमाथि आँच नआउने गरि आ–आफ्नो अहोदा र पदलाई आत्मासाथ गर्दै सामाजिक सेवामा अगाडि बढ्ने छ र नेपाली श्रमिकहरुलाई सक्दो सहयोग पुर्याउने छ ।


बैठकमा सहभागी पदाधिकारीहरु उपाध्यक्ष मान बहादुर मगर,कोषाध्यक्ष अमर तामाङ्ग, सचिब कुमार तामाङ्ग, बरिष्ठ सल्लाहाकार सोम बहादुर लिम्बु सल्लाहाकार सदस्यहरु उमेश बुढाथोकी ,डेनिश राइ,नबिन लिम्बु, सबिन बि.क ले आ–आफ्नो मत र बिचार राखेका थिए ।
बैठकका दौरान जित बहादुर लामा ,किशन गुरुङ्ग ,कृष्ण घिसिङ्ग, महन बिक्रम बिष्ट जिवन बि।क।ओम बि।क।,क्षेत्र गुरुङ्ग लगायतका नयाँ सदस्यहरुलाई संघका अध्यक्षद्वारा सदस्यता प्रमाणपत्र वितरण गरिएको थियोे भने उनिहरुले संघको लक्षित उदेश्यका लागि निस्वार्थ भावनाले अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका थिए ।


हाल साउदी अरबमा नेपाली कामदारहरुलाई केही रोजगारदाता कम्पनीले ईकमा (आइडि), ड्राइभर लाइसेन्स लगायत अन्य महत्वपूर्ण कागजपत्र नदिने गरेको र समयमा तलब नदिने, घरमा समस्या हुदा छुट्टी नदिने, करार अवधि पुरा हुँदा पनि घर जान नदिने त्यसैगरि झुटो मुद्दा लगाएर कामदारलाई फसाउने समस्याहरु दिनानु दिन बढ्दै गएको र आफ्नो संघमा उजुरी आइरहेको बताउदै बुढाथोकीले त्यस्ता केशहरुलाई सम्बोधन गर्न नेपाली राजदूतावास रियाद र महाबाणिज्य दुतावास जेद्धासँग समन्वयकारी भुमिका निर्वाह गर्ने उल्लेख गरेका छन् ।

त्यसैगरी साउदीको कानुनले बर्जित गरेका काम नगर्न र नेपाली कामदारहरुमा सचेतता जागरण गर्न आगामी दिनहरुमा आफ्नो संघले पहल थाल्ने पनि उनले बताए । बुढाथोकीका अनुसार नेपाल मेलमिलाप प्रबासीय संघ, साउदी अरब २००८ मा स्थापना भई सामाजिक काम र नेपाली कामदारहरुको सहयोगमा क्रियाशील हुदै आएको छ ।

वि.सं.२०७५ भदौ १० आइतवार १७:२४ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...