back

बिमस्टेक सदस्य राष्ट्रहरुसँग नेपालको व्यापार घाटा ८ खर्बको हाराहारीमा

वि.सं.२०७५ भदौ १२ मंगलवार

273 

shares

१२, भदौ, काठमाडौँ । आर्थिक वर्ष २०७४–७५ मा नेपालको ११ खर्ब ६२ अर्बको व्यापार घाटामध्ये ६८ प्रतिशत हिस्सा बिमस्टेक सदस्य राष्ट्रसँँग देखिएको छ ।
बिमस्टेक सदस्यहसँग गत वर्ष मात्रै नेपालको व्यापार घाटा ७ खर्ब ८७ अर्ब पुगेको हो । कुल निर्यातमध्ये ५९ प्रतिशत नेपाली वस्तु तथा सामग्री बिमस्टेक राष्ट्रमा गएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा भारतसँग नेपालको व्यापारघाटा सबैभन्दा बढी छ । भारतसँगमात्र ७ खर्ब ६४ अर्ब रुपैयाँ व्यापार घाटामा रहेको भन्सार विभागले जनाएको छ । थाइल्याण्डसँग १३ अर्ब १० करोड, बंगलादेशसँग ३ अर्ब ७० करोड, म्यानमारसँग ४ अर्ब ११ करोड, भुटानसँग १ अर्ब ५६ करोड रुपैया व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांकले देखाएको हो । सन् २००४ मा सदस्य बनेको नेपालले लगानी र पर्यटन आकर्षणका योजना र व्यापारिक क्षमता बढाउन नसक्दा बिमस्टेक बाट नेपालले खासै लाभ लिन नसकेको देखिएको हो ।
बिमस्टेकको १४ प्रमुख प्राथमिकता तथा कार्यक्षेत्रहरूमा आतंकवादविरुद्धको सहकार्य, सामाजिक, सांस्कृतिकसहित व्यापार, लगानी, पर्यटन र ऊर्जा हो । यी क्षेत्रमा नेपालले फाइदा लिन सामूहिक तथा नेपाल सरकारका तर्फबाट छुट्टै रणनीति चाल्नुपर्ने विज्ञहरु बताउछन् । प्रशस्तै लगानीका अवसर हुँदा हुँदै पनि स्रोतहरुको उपयोग हुन नसक्दा नेपाल बिमस्टेक सदस्यमध्ये नै उच्च व्यापार घाटा भएको मूलुकको रुपमा देखिदै आएको छ । विशेषगरी ऊर्जा पर्यटन, यातायात र कनेक्टिभिटीमार्फत बिमस्टेक राष्ट्रलाई जोड्न सकेको खण्डमा नेपालले दीर्घकालीन फाईदा लिन सक्ने योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर डिल्लीराज खनाल बताउछन् । खनालले यो सम्मेलनमार्फत नेपालले हामी समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा अघि बढ्दैछौं भन्ने सन्देश पनि दिनुपर्ने बताए । उनले भने,‘विमस्टेकले तय गरेका विभिन्न १४ वटा प्राथमिकताका क्षेत्र र विषयहरुमा हामीले मुलतः व्यापार, उर्जा, कृषि, प्रविधि र गरिवी निवारणमा हामी अधिकतम केन्द्रित हुनुपर्छ । यसपटकको सम्मेलनमार्फत हामीले यही सन्देश दिन सक्नुपर्छ । हामीले खास खास विषयहरु पहिल्याउनुपर्छ, जसले सबैको विन विनको अवस्था होस।’

त्यस्तै उनले लगानी भित्राउनको लागि यो सम्मेलनको सही सदुपयोग गर्नुपर्ने सुझाव दिए । उनले भने,‘वितगमा भएका सम्मेलनका निर्णयहरु कार्यान्वयन गर्नतर्फ समेत यो सम्मेलनले जोड दिनुपर्छ । सबै सम्मेलनका निर्णयहरु कार्यान्वयन हुने वातारण बनाउनुपर्छ ।’
सम्मेलन र आगामी दिनमा बिमस्टेकमार्फत नेपाललाई दक्षिण एसिया र पूर्वी एसियासँग जोड्ने र सेवा क्षेत्रबाट फाइदा लिन ध्यान दिनुपर्ने अर्थविदहरु बताउछन् । विशेषगरी ऊर्जा पर्यटन जस्ता क्षेत्रमा लगानी आर्कषित गर्नुका साथै नेपालको आन्तरिक उत्पादनको वृद्धिको लागि प्राबिधिक सहयोग जस्ता क्षेत्रहरुमा ध्यान केन्द्रित गरेर बढ्दो व्यापार घाटा न्यूनीकरण तर्फ जोड दिन आवश्यक छ ।

वि.सं.२०७५ भदौ १२ मंगलवार १०:२० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

काठमाडौं । विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने...

नाडा भारत मोविलिटीमा सहभागी हुने

नाडा भारत मोविलिटीमा सहभागी हुने

काठमाडौँ । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल भारतमा हुन लागिरहेको...

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

काठमाडौं । नामी कार एक महिनामै नेपालको सडकमा गुड्न थालेको...

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बोनस...

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित...