back

कचनापुरका बीस घरपरिवारको उठिबास

वि.सं.२०७५ भदौ १३ बुधवार

348 

shares
GLOBAL IME AD
NTC AD

 

१३ भदौ, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका बासिन्दा राप्ती नदीबाट पीडित बनेका छन् ।
नदीले जग्गा कटान गरेर बग्ने धार परिवर्तन गरेपछि त्यस क्षेत्रका २० घरपरिवार विस्थापित भएका छन् । तीन साताको अन्तरालमा त्यस क्षेत्रमा करीब ५० बिगाहा बढी जमीन कटान गरी नदीको धार गाउँतिर सोझिएपछि सम्पूर्ण बस्ती डुबानको जोखिममा परेको पीडितहरू बताउँछन्न् ।

राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष मदन ओलीले राप्ती नदीले धार परिवर्तन गरेका कारण तीन साताको अन्तरालमा मात्रै सो क्षेत्रमा करीब ५० बिगाहाभन्दा बढी खेतीयोग्य जमीन काटान गरी नदी गाउँतिर आउन लागेको बताए ।

नदी कटान रोक्नका लागि तटबन्धको लागि ‘जनताको तटबन्ध कार्यक्रम’ तथा विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको उनले गुनासो गरे । मङ्गलबार प्रदेश नं ५ का सांसद कृष्णा केसीले नदीले कटान गरेको जग्गा अवलोकन गरेका थिए । अवलोकनका क्रममा सांसद केसीले तटबन्धका लागि छुट्टै परियोजना सञ्चालन गरी समस्याको समाधान गर्ने तयारी भइरहेको बताए ।

“राप्ती नदीको कटान रोक्नका लागि छुट्टै परियोजना तयार गरेर तटबन्धको साथै नदीले कटान गरेको जमीनको विकासका लागि प्रदेश तथा केन्द्र सरकारबाट विशेष पहल गर्नेछु”,उनको भनाइ थियो ।

 

वि.सं.२०७५ भदौ १३ बुधवार ०७:५७ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...