back
CTIZAN AD

आशावादी हुनु स्वास्थ्यका लागि लाभदायक

वि.सं.२०७५ भदौ १९ मंगलवार

702 

shares

आशावादी हुनु राम्रो कुरा मात्र नभएर यसले तपाइको स्वास्थ्यमा पनि फाइदा पुग्ने विज्ञहरु बताउँछन् । आशावादी हुँदा मुटु सम्बन्धी समस्याबाट बच्न सकिन्छ । कोलेस्ट्रोलको समस्या नहुने तथा लामो आयु बाँच्न सकिने विज्ञहरुको भनाई छ ।

तपाइ जीवनमा कतिको आशावादी हुनुहन्छ ? या निराशावादी भन्ने कुराको जवाफ सानो परीक्षाबाट थाहा पाउन सकिन्छ । एक गिलास जसमा आधा पानी हुन्छ । जसलाई देखेर तपाइलाई गिलास आधा भरिएको छ भन्ने सोच्नु भयो भने तपाइ आशावादी भएको मानिन्छ भने गिलास आधा खाली छ भन्ने तपाइको मनमा लाग्यो भने तपाइ निराशावादी भएको मान्न सकिन्छ । यदि तपाइ आशावादी हुनु भयो भने तपाइको स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

साइकोलोजिकल बुलेटिनमा केही समय अगाडि प्रकाशित भएको अनुसन्धानमलुक लेखमा आशावादी रहनु र खुसी रहनु मुटुसँग जोडिएका स्वास्थ्य समस्याहरुबाट सुरक्षा मिल्ने मानिन्छ । मनोबैज्ञानिक स्वास्थ्य, जसमा आशावादी पनि एक हो । साथ साथै मुटुसँग सम्बन्धीत समस्या लगायतका अन्य समस्याहरु कम हुने बताइन्छ । यसकारण तपाइ आशावादी बन्नु भयो भने तपाइको मुटु निराशावादी मानिसहरु भन्दा बलियो हुने बताइन्छ ।

त्यस्तै हार्वड स्कुल अफ पब्लिक हेल्थको अनुसन्धानमा लामो आयु बाँच्ने मानिस आशावादी रहेको देखिएको छ । अध्ययनका क्रममा उनीहरुमा गुड कोलेस्ट्रोलको मात्र अधिक र ट्राइग्लिसराइडको मात्रा कम पाइएको थियो । यसले के देखाएको छ भने आशावादी मानिसहरुमा निराशावादी मानिसको भन्दा कोलेस्ट्रोलको समस्या कम पाइएको छ ।

यदि तपाइ तनावमा हुनुहुन्छ भने सकारात्मक सोँच्न सक्नुहुन्न । तर, आशावादी मानिसमा सकारात्मक सोच्नका लागि कुनै समस्या हुँदैन् । एक मनोबैज्ञानिक अनुसन्धानका क्रममा आशावादी हुने र आफैसँग सकारात्मक कुरा गर्ने व्यक्ति कुनैपनि गाह्रो काम सहज रुपमा गर्न सक्छ ।

त्यस्तै अर्को एक रिसर्चमा सकारात्मक सोँच राख्नाले इम्युनिटी सिस्टममा सकारात्मक प्रभाव पर्छ । यदि तपाइ आशावादी हुनुहुन्छ भने स्वास्थ्य सम्बन्धी समस्यासँग सहजरुपमा लड्न सक्नुहुन्छ । तर, निराशावादी हुनुहुन्छ भने स्वास्थ्य सम्बन्धी समस्या झन बढेर जान्छ ।

आशावादी मानिसहरु सकारात्मक सोच राख्छन् । उनीहरु हरेक समस्यालाई सहजरुपमा लिएर समाधानतिर लाग्छन् । त्यसकारण पनि उनीहरुमा हृदयघात हुने सम्भावना कम हुन्छ ।

आशावादी मानिसहरु भावनालाई सन्तुलनमा राख्न सहजै सक्छन् । सकारात्मक व्यवहारका कारण उनीहरुमा डिप्रेसनको समस्या नआउने र कुनै पनि समस्या आउनासाथ उनीहरु यो सोच्छन् कि, यो आफ्ना लागि चुनौती हो र यसलाई पार गरेर अगाडि बढ्नु छ ।

वि.सं.२०७५ भदौ १९ मंगलवार १३:१४ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...