आशावादी हुनु राम्रो कुरा मात्र नभएर यसले तपाइको स्वास्थ्यमा पनि फाइदा पुग्ने विज्ञहरु बताउँछन् । आशावादी हुँदा मुटु सम्बन्धी समस्याबाट बच्न सकिन्छ । कोलेस्ट्रोलको समस्या नहुने तथा लामो आयु बाँच्न सकिने विज्ञहरुको भनाई छ ।
तपाइ जीवनमा कतिको आशावादी हुनुहन्छ ? या निराशावादी भन्ने कुराको जवाफ सानो परीक्षाबाट थाहा पाउन सकिन्छ । एक गिलास जसमा आधा पानी हुन्छ । जसलाई देखेर तपाइलाई गिलास आधा भरिएको छ भन्ने सोच्नु भयो भने तपाइ आशावादी भएको मानिन्छ भने गिलास आधा खाली छ भन्ने तपाइको मनमा लाग्यो भने तपाइ निराशावादी भएको मान्न सकिन्छ । यदि तपाइ आशावादी हुनु भयो भने तपाइको स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।
साइकोलोजिकल बुलेटिनमा केही समय अगाडि प्रकाशित भएको अनुसन्धानमलुक लेखमा आशावादी रहनु र खुसी रहनु मुटुसँग जोडिएका स्वास्थ्य समस्याहरुबाट सुरक्षा मिल्ने मानिन्छ । मनोबैज्ञानिक स्वास्थ्य, जसमा आशावादी पनि एक हो । साथ साथै मुटुसँग सम्बन्धीत समस्या लगायतका अन्य समस्याहरु कम हुने बताइन्छ । यसकारण तपाइ आशावादी बन्नु भयो भने तपाइको मुटु निराशावादी मानिसहरु भन्दा बलियो हुने बताइन्छ ।
त्यस्तै हार्वड स्कुल अफ पब्लिक हेल्थको अनुसन्धानमा लामो आयु बाँच्ने मानिस आशावादी रहेको देखिएको छ । अध्ययनका क्रममा उनीहरुमा गुड कोलेस्ट्रोलको मात्र अधिक र ट्राइग्लिसराइडको मात्रा कम पाइएको थियो । यसले के देखाएको छ भने आशावादी मानिसहरुमा निराशावादी मानिसको भन्दा कोलेस्ट्रोलको समस्या कम पाइएको छ ।
यदि तपाइ तनावमा हुनुहुन्छ भने सकारात्मक सोँच्न सक्नुहुन्न । तर, आशावादी मानिसमा सकारात्मक सोच्नका लागि कुनै समस्या हुँदैन् । एक मनोबैज्ञानिक अनुसन्धानका क्रममा आशावादी हुने र आफैसँग सकारात्मक कुरा गर्ने व्यक्ति कुनैपनि गाह्रो काम सहज रुपमा गर्न सक्छ ।
त्यस्तै अर्को एक रिसर्चमा सकारात्मक सोँच राख्नाले इम्युनिटी सिस्टममा सकारात्मक प्रभाव पर्छ । यदि तपाइ आशावादी हुनुहुन्छ भने स्वास्थ्य सम्बन्धी समस्यासँग सहजरुपमा लड्न सक्नुहुन्छ । तर, निराशावादी हुनुहुन्छ भने स्वास्थ्य सम्बन्धी समस्या झन बढेर जान्छ ।
आशावादी मानिसहरु सकारात्मक सोच राख्छन् । उनीहरु हरेक समस्यालाई सहजरुपमा लिएर समाधानतिर लाग्छन् । त्यसकारण पनि उनीहरुमा हृदयघात हुने सम्भावना कम हुन्छ ।
आशावादी मानिसहरु भावनालाई सन्तुलनमा राख्न सहजै सक्छन् । सकारात्मक व्यवहारका कारण उनीहरुमा डिप्रेसनको समस्या नआउने र कुनै पनि समस्या आउनासाथ उनीहरु यो सोच्छन् कि, यो आफ्ना लागि चुनौती हो र यसलाई पार गरेर अगाडि बढ्नु छ ।
वि.सं.२०७५ भदौ १९ मंगलवार १३:१४ मा प्रकाशित