back

अमेरिकी डलरको मूल्य हालसम्मकै महंगो, महंगीको उच्च जोखिम

वि.सं.२०७५ भदौ २० बुधवार

525 

shares

 

२० भदौ, काठमाडौँँ । नेपाली रुपैँयाको तुलनामा अमेरिकी डलरको मूल्य इतिहासमै सर्वाधिक महंगो भएको छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक डलर किन्न १ सय १४ रुपैयाँ ८४ पैसा खर्चिनुपर्ने भएको छ । विनिमय दर अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ सर्वाधिक कमजोर भएको हो ।
बुधबारको डलर खरिद दर १ सय १४ रुपैयाँ ६४ पैसा र बिक्री दर १ सय १४ रुपैयाँ ८४ पैसा छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलरको माग अत्यधिक हुँदा डलरको भाउ समेत उच्च भएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएको कारण समेत डलरको भाउ बढेको हो । डलरसँग भारतीय रुपैयाँ ९भारु० कमजोर भएपछि त्यसको प्रभाव नेपाली रुपैयाँमा पर्ने गर्दछ । भारुसँग स्थिर विनियम दर ९फिक्सड पेग्ड०कायम गरिएकाले भारतीय अर्थतन्त्रको आधारमा नै डलरको भाउ थपघट हुने गरेको छ ।
पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा आएको सुधारले डलर मजबुत बन्दै गएको छ। तर, अमेरिकी अर्थतन्त्रको तुलनामा भारतीय अर्थतन्त्र कमजोर हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो। यस्तै भारतले कच्चा तेलको भण्डारणको लागि डलर खर्च अत्यधिक बढाएको छ । जसकारणले समेत डलरको माग उच्च हुँदै गएको छ ।
डलरको भाउ बढ्दा विदेशबाट आउने रेमिट्यान्समा सकरात्मक प्रभाव परेपनि समग्र अर्थतन्त्रमा भने नकरात्मक पर्ने गर्दछ । नेपाल जस्तो आयातमा निर्भर अर्थतन्त्र भएको मुुलकलाई डलरको भाउ वृद्धिको असर उच्च हुने अर्थविदहरु बताउछन् । विदेशबाट सामान आयात गर्दा डलरमा तिर्नुपर्ने हुँदा वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फतीमा चाप पर्दछ । डलरको बढ्दो भाउले नेपाल जस्तो आयातमा निर्भर अर्थतन्त्र भएको मूलुकको अर्थतन्त्र नै दुर्घटनामा जान सक्ने अर्थविदहरु बताउछन् ।
गत आर्थिक वर्षमा नेपालले ११ खर्ब भन्दा धेरैको वस्तु आयात गरेको छ । डलर वृद्धिको कारण वस्तु तथा सेवाको समेत मूल्य वृद्धि हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७५ भदौ २० बुधवार ११:४७ मा प्रकाशित

Himalayan Life AD
नबिल बैंक र ट्रिप टर्बोबीच साझेदारी, nBank एपबाटै यात्रा बुकिङ सेवा सुरु

नबिल बैंक र ट्रिप टर्बोबीच साझेदारी, nBank एपबाटै यात्रा बुकिङ सेवा सुरु

ललितपुर । नेपालको अग्रणी ट्राभल मार्केटप्लेस ट्रिप टर्बो र अग्रणी...

लिटमस इन्डस्ट्रिजहरूका लागि सिप सुधार कार्यक्रम (SIP) को शुभारम्भ

लिटमस इन्डस्ट्रिजहरूका लागि सिप सुधार कार्यक्रम (SIP) को शुभारम्भ

काठमाडाैँ । सक्षम उद्योग विकासका उद्देश्यले लिटमस इन्डस्ट्रिज लिमिटेडले आफ्ना...

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज  ।  वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा...

एकैदिन १० हजार ४ सय बढ्यो सुनको भाउ

एकैदिन १० हजार ४ सय बढ्यो सुनको भाउ

काठमाडौँ । आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।...