back

नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या, चार पक्राउ

वि.सं.२०७५ भदौ २१ बिहीवार

327 

shares
GLOBAL IME AD
NTC AD

rape

२१ भदौ, श्रीनगर, भारत ।  भारतमा एकजना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ । प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ ।

ती बालिकालाई बलात्कार गरी हत्या गरिएको खुलेको छ । बलात्कार गरी घरभन्दा केही परको जङ्गलमा लगेर ती बालिकाको शव गाडिएको अवस्थामा भेटिएको थियो ।

पक्राउ परेका चार जनाको बलात्कारमा संलग्नता रहेको प्रमाणहरू जम्मा भइरहेको प्रहरीले जनाएको छ । उता पक्राउ परेकी एकजना महिला भने ती बालिकाकी सौतेनी आमा हुन् ।

हत्या गरी ती बालिकाको शव गाडिएको समाचारले भारतभर शोक छाएको बताइएको छ । भारतमा हुने गरेका निर्मम हत्या र बलात्कारका घटनाको पछिल्लो दर्दनाक यो घटनाले सबै भारतीय स्तब्ध बनाएको सञ्चारमाध्यमहरूले दिएका छन् ।

भारत प्रशासित काश्मिरको बरमुल्लाह जिल्लामा सो घटना भएको हो । ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर घरबाट करीब एक किलोमिटर परको जङ्गलमा लगेर गाडिएको प्रहरीले बताएको छ ।

उनी बेपत्ता भएको १२ दिनपछि ती बालिकाका पिताले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि प्रहरीले खोज्ने क्रममा मङ्गलबार उनको शव भेटेको थियो ।

त्यस हत्यामा ती बालिकाकी सौतेली आमाको पनि हात रहेको आशङ्का प्रहरीले गरेको छ । बालिकासँग उनकी सौतेली आमा सधैँ रिसाउने गरेकाले यस घटनामा उनको पनि हात रहेको अनुमान प्रहरीले गरेको छ ।

गएको अगष्ट २४ मा ती सौतेली आमाले आफ्नै १४ वर्षीय छोरा र उनका १४ र १९ वर्षका साथीलाई ल्याएर ती बालिकालाई बलात्कार गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ ।

ती बालिका गएको २४ अगष्टदेखि हराएको सूचना आएपछि उनलाई उनकै आमाले जङ्गलतर्फ लगेको देखेको गाउँलेले बताएका थिए ।

छत्तीस वर्षीय तिनै सौतेनी आमाले नै बञ्चरोले टाउकोमा हानेर ती बालिकाको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकारेको प्रहरीले जनाएको छ ।

यस हत्यामा अर्काे एकजना २८ वर्षीय स्थानीयको पनि हात रहेको अनुमान गरिएको छ । उसलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

ती महिलाको छोरासहितका तीन जना बालकले भने बलात्कार र हत्यामा आफूहरूको हात रहेको स्वीकार गरेका छन् । प्रहरी अनुसन्धानका क्रममा उनीहरूले स्वीकार गरेको प्रहरी प्रतिवेदनमा जनाइएको छ ।

भारतमा पछिल्लो समयमा यस्त बलात्कारका घटनाका विरुद्धमा कडा कारवाहीको कानूनी व्यवस्था गरिएको भए पनि घटनामा कमी भने आएको छैन ।

वि.सं.२०७५ भदौ २१ बिहीवार १०:११ मा प्रकाशित

दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ववर्ती अमेरिकी सरकारले दुई हजार...

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी...

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को...

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...