back

बङ्लादेशका पूर्वप्रधानमन्त्री जियालाई ढाका जेलमा सारियो

वि.सं.२०७५ भदौ २१ बिहीवार

303 

shares
GLOBAL IME AD
NTC AD

२१ भदौ, ढाका । बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनुभएकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो । ७३ वर्षकी उनले पाँचवर्षे जेल सजाय भोगिसकेकी छन् ।

उनलाई जेल सार्ने बेलामा ह्लिचियरबाट लगिएको थियो । राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी छन् ।

उनले भनिन् “मैले न्याय पाउदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षाघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर ।”

बङ्गलादेशको एनटीभीबीडी डट कमले सम्प्रेषण गरेको समाचारमा बङ्गलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले थपिन् “तिमिहरूले जस्तो चाहन्छौँ, त्यस्तैगरी मलाई कारवाही गर्न सक्छौँ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ ।”

आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको उनले बताउँदै आएकी छन् ।

बच्चाहरूका लागि विश्वभरबाट सङ्कलन गरिएको बाल विकाससम्बन्धी एक
कोषको एक करोड ६१ लाख रकम दुरूपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।

अदालतले नेत्री जियाका चार जना सहयोगीलाई भने १० वर्षको जेल सजाय सुनाएको थियो ।

वि.सं.२०७५ भदौ २१ बिहीवार १०:१५ मा प्रकाशित

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...