जापानमा रहेका एनआरएनए अभियन्ता डिलाराम शापकोटाको उपचारका क्रममा मृत्यु भएको छ ।
एनआरएनए जापान तथा नेपाली जनसम्पर्क समितिका पूर्व कार्यसमिति सदस्य समेत रहेका सापकोटा एकवर्षदेखि पेट सम्बन्धी समस्याको उपचार गराउँदै आएका थिए । उनको ५ सेप्टेम्बर ( बुधबार) निधन भएको हो ।
बाग्लुङ घर भइ हाल चितवनमा बसोबास गर्दै आएका सापकोटा सपरिवार जापानमा व्यवसाय गर्दै आएका थिए ।
यसैबीच स्वर्गीय सापकोटाको पार्थिब शरीरको अन्तिम दाहासंस्कार भोली सेप्टेम्बर ७ तारिकका दिन बिहान नौ बजेदेखि ३ बजेसम्म गरिने पारिवारीक श्रोतले बताइएको छ ।
KEIAI Civic Hall Sakai
590-0002
Sakai Shi, Sakai-ku, Sando-machi 3 – 1 – 12
TEL.072-221-1059
वि.सं.२०७५ भदौ २१ बिहीवार ११:३९ मा प्रकाशित