back

तरकारी खेतीले फेरिया रीश्माको जीवनस्तर

वि.सं.२०७५ भदौ २३ शनिवार

327 

shares
GLOBAL IME AD
NTC AD

२३ भदौ, कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ निवासी रीश्मा शाहीको जीवन तरकारी खेतीले फेरिदिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आउनुभएकी शाहीले तीन वर्षयता मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेपछि उनको जीवनस्तर नै फेरिएको हो ।

तिला गुफा कृषि विकास शाखा कालीकोट र सेडा नेपालद्वारा सञ्चालित विकास परियोजनामार्फत मौसमी तथा बेमौसमी तरकारीखेतीसम्बन्धी तालीमसँगै ८० प्रतिशत अनुदानमा तरकारी बालीको बीउ र कृषि औजारसमेत कृषकलाई उपलब्ध गराएको थियो । तरकारी खेती गर्दा परिवारको खर्च, छोराछोरीको पढाइ खर्च चलाएर वार्षिकरुपमा करीब रु दुई लाख बराबर आम्दानी गर्न सकेको कृषक रीश्मा शाहीले बताइन् ।

उनले भनिन् ‘‘अन्नबाली लगाएपछि वर्षभरि परिवारलाई छाक टार्नै समस्या पर्छ । उहाँले अहिले पनि बन्दा, काउली, काँक्रा, खुर्सानी, गोलभेंडा, भण्टालगायतका तरकारी रोप्नुभएको छ । एक पटकमा रु ६० हजार बराबर आम्दानी गर्ने गरेको उनी बताउँछन् ।

प्लाष्टिक घरमा तरकारी लगाउँदा तापक्रम र पानीको मात्रासमेत मिल्ने भएकाले उत्पादन बढी हुने गरेको अनुभव उनीसँग छ । तिलागुफा नगरपालिका–६ गाल्जेका स्थानीय कृषक तरकारी खेतीमा सक्रिय भएका छन् । अन्नबालीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका सबै कृषक तरकारी खेतीप्रति आकर्षित पाइएको छ ।

अर्का कृषक परेकबहादुर शाहीले पनि तरकारी खेतीबाटै वार्षिक रु डेढ लाख आम्दानी गर्नुहुन्छ अर्गानिक तरकारी खेती गरी मनग्य आम्दानी लिन सकिने भएपछि आफूले पनि मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेको उनले बताए । गाल्जेका स्थानीय कृषकले उत्पादन गरेको तरकारी गाल्जे बजार, नाग्मा बजार र जुम्ला खलङ्गा बजारसम्म पु¥याएर बिक्री वितरण गर्दै आएका छन् ।

वि.सं.२०७५ भदौ २३ शनिवार १४:१६ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...