back

देशको सीमा मिचिएको सहेर बस्न सकिन्न – गजुरेल

वि.सं.२०७५ भदौ २३ शनिवार

627 

shares


२३ भदौ, काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले देशको सिमा मिचिएको सहेर बस्न नसकिने बताएको छ । मोर्चाका अध्यक्ष सिपी गजुरेलद्वारा जारी विज्ञप्तीमा लम्पियाधुरासम्मको भूभाग नेपालको कायम गर्न समेत माग गरिएको छ ।

विज्ञप्तीमा लिम्पियाधुरा सम्मको जम्मा ३७२ वर्ग किलोमिटरको अतिक्रमित नेपालीभूभाग नेपालकै कायम रहने गरी नक्शा निर्माण गरी त्यसलाई कायम गराउन सरकारसँग माग गरिएको छ । आफूहरुको माग पुरा नगरिएमा संघर्षमा उत्रने चेतावनी दिँदै संघर्षका क्रममा हुने घटनामा सरकार जिम्मेवार ठहरिने उल्लेख छ ।

तत्कालीन भारतको बृटिश सरकार र नेपाल सरकारका वीच सन् १८१६ मा भएको सुगौली सन्धीमा समेत नेपाल र भारतको सीमानाकाली नदीको मुहान लिम्पियाधुरालाई मानिएको तर त्यसपछिको नेपालले तयार पारेको नक्सामा सो भूभाग नसमेटिएको विज्ञप्तीमा जनाइएको छ ।

सन् १९६२ को चीन–भारत युद्धका दौरान र त्यस पश्चात् नेपाल र भारतका वीचको उत्तर पश्चिम सिमानाको कालापानीमा अड्डा जमाएर बसेको भारतीय सेना तुरुन्त हटाउनु पर्छ भन्ने माग राखेर चार दशकभन्दा अघि देखि संघर्ष चल्दै आएको छ । भारतले तयार पारेको कालापानी नेपालबाट हटाएर भारतमापारेको नक्शा नेपाल सरकारका कार्यालयहरुमा समेत टाँगने गरिएको र नेपाल सरकारको निशान छापमा समेत कालापानी गायब गरिएको तथ्य सार्वजनिक भएपछि यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएकोे छ । भारतीय नक्शामा कालापानी लगायत ६२ वर्ग कि.मि भूभाग भारतमा गाभिएको छ र यही नक्सा नेपालका सरकारी कार्यालयमा झुण्डाइएका छन् । कालापानी गायब गरिएको निशान छाप प्रयोगमा आइरहेको छ । नापी विभागका उपमहानिर्देशकले यस्तो भएको स्वीकार गरेका छन् र सरकारको आलोचना गरेका छन् कि यसबारे पटक पटकभन्दा पनि सुनवाई भएन । उनको भनाई अनुसार नेपालीनक्शामा कालिपानी नेपालभित्रै पर्दछ, तर भारतले छापेको नक्शा नै प्रयोगमा आइरहेको छ । यो कुरा विभागीयमन्त्रीले समेत स्वीकार गरेका छन् ।

वि.सं.२०७५ भदौ २३ शनिवार २०:११ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...