back

सुनकोशी–२ र सुनकोशी –३ जलविद्युत आयोजना संयुक्त रुपमा बनाउन बंगलादेशको प्रस्ताव

वि.सं.२०७५ भदौ २४ आइतवार

366 

shares
GLOBAL IME AD
NTC AD

२४ भदौ, काठमाडौँ । जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन बङगलादेशको तीनदिने भ्रमण सकेर शनिबार स्वेदश फर्किएका छन् ।

बङगलादेशको राजधानी ढांकामा सम्पन्न भएको ‘पावर एण्ड इनर्जी सप्ताह’माविशेष अतिथिका रुपमा उनी सहभागि थिए।
मन्त्री पुनले सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नुका साथै उर्जा सहकार्यको लागी क्षेत्रीयप्रशारण संजालको सम्भावनानामक सेमिनारमा समेत विज्ञका रुपमा आफ्ना धारणा राखेका थिए।

भ्रमणकै क्रममा उनले आफ्ना समकक्षी नसरुल हमिदसंग द्धिपक्षीय भेटवार्ता गर्नुका साथै आपसीहितकाविषयमा समेत छलफल गरेका थिए।
दुवै नेताको बीचमादुई देशबीच ऊर्जा क्षेत्रमागर्ने सहकार्यका विषयमा गम्भिर छलफल हुनुका साथै छिट्टै काम अघि बढाउने सहमती समेत भएको छ। भेटमा बङगलादेशका मन्त्री नसरुल हमिदले सुनकोशी–२ र सुनकोशी –३ जलविद्युत आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव राखेका छन्।

भेटवार्ताकै क्रममा उनले बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव ९जिएमआर० प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केहीदिन अघि मात्रमन्त्रिपरिषद्को बैठकले गरिसकेको जानकारी दिए। ‘यसले उक्त आयोजना समयमै अघि बढ्ने मात्र नभई वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्साहित समेत बनाउने आशा हामीले लिएका छौं, ’ ऊर्जामन्त्री पुनले भने।

उनी देशभित्रै र देशबाहिर समेत खपतको लागि बजार बनाउने भन्दै लगानीका लागी सबै देशी–विदेशीलगानीकर्तालाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएका छन्।

उनले बङगलादेशको सरकारी प्रतिनिधिमण्डल तथा उर्जा क्षेत्रमा लगानी गरिरहेका व्यवसायीलाई नेपालमा राजनीतिक स्थायित्वको युग सुरु भइसकेको भन्दै जलविद्युत् क्षेत्रमा लगानी गर्न भेटमा आग्रह गरे।

त्यसैगरी उनका सकमक्षी हमिदले बङगलादेश सरकारले सन् २०४० भित्र ९ हजार विजुली नेपालबाट आयातगर्ने नितीलिएको जानकारी पनि भेटमा दिए। नेपालको अनारमणी र वङगलादेशको वन्दरगाहनजिकको विन्दुमा ग्रिड कनेक्शनका लागि भारतसंग त्रिपक्षीय साझेदारीका लागि पहल गर्ने विषयमा समेत दुवै पक्षबीच गम्भिर छलफल भएको छ ।

नेपाल–बङ्गलादेशबीच गत महिना भएको ऊर्जा क्षेत्रको सहकार्यसम्बन्धी सम्झौता कार्यान्वयनका लागि ऊर्जा सचिव र सहसचिवस्तरीय समिति गठन भइसकेको सन्र्दभमा त्यसको पहिलो सचिवस्तरिय बैठक छिट्टै काठमाडौंमा बस्ने सहमति समेत भएको छ ।

भ्रमणदलमा ऊर्जामन्त्री पुनसंगै ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ समेत सहभागी थिए।

वि.सं.२०७५ भदौ २४ आइतवार ०७:१८ मा प्रकाशित

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी...

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव भव्यताका...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौँ । सानिमा बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सोमवार नेपाली बजारमा सुनको मूल्य घटेको छ...