back

सुरक्षित गर्भपतन सेवा सुदृढ

वि.सं.२०७५ भदौ २५ सोमवार

294 

shares

२५ भदौ, सर्लाही । सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । नचाहादा नचाहदै र अनैतिक सम्बन्धबाट रहनगएको गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थाहरूले सुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन ।

जिल्लामा परिवार नियोजन सङ्घ, मेरी स्टोप्स र आइपास नेपाल संस्थाले सुरक्षित गर्भपतन गराउँदै आएका छन । आर्थिक वर्ष २०७४–७५ मा जिल्लामा एक हजार ८९७ किशोरी तथा महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।

चालु आर्थिक वर्षको दुई महिना बित्न लाग्दा ३३३ जनाले सुरक्षित गर्भपतन गराएका थिए । सेवा लिनेमध्ये करीब ९० प्रतिशत महिलाले गर्भपतन पश्चात परिवार नियोजनको सेवासमेत लिएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आइपास नेपाल संस्थाको सहयोगमा जिल्लाका १४ वटा सरकारी स्वास्थ्य संस्थाले निःशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएका छन । त्यस्तै परिवार नियोजन सङ्घले पनि सदरमुकाम मलङ्गवा र हरिवनमो मेरी स्टोप्स सेन्टरले लालबन्दीमा सुरक्षित गर्भपतन गराउँदै आएको छ । यसबाट जिल्लाका गरीब तथा पिछडिएका महिला तथा किशोरीको पनि पहुँच बढ्दै गएको सरोकारवालाको भनाइ छ ।

जिल्लामा निःशुल्क रुपमा तालीम प्राप्त स्वास्थ्यकर्मीबाट सेवा हुँदाहँुदै पनि अझै कतिपय महिलामा असुरक्षित गर्भपतन गराउने चलन रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका नर्स लक्ष्मी श्रेष्ठले बताए । समुदायमा सुरक्षित गर्भपतन सेवाको जानकारीको कमी र विभिन्न लोभ लालचमा पारी केही दलालले भारतमासमेत पु¥याउने गरेकाले महिलाहरुले झन जटिल समस्या भोग्नुका साथै महँङ्गो सेवा लिन बाध्य बनाइएको उनको भनाइ थियो । गाउँ–गाउँमा झोले चिकित्सकले पनि ग्रामीण समुदायका गरीब तथा अशिक्षित महिलालाई प्रलोभनमा पारी गैर कानूनी रुपमा औषधि बेच्ने गरेको र त्यसको प्रयोगले महिलाको स्वास्थ्यमा थप समस्या बढेको गरेको नर्स श्रेष्ठले बताए । असुरक्षित गर्भपतनलाई न्यूनीकरण गर्न समाजका सबै तहबाट सहयोग हुनुपर्ने आवश्यकता रहेको आइपासका जिल्ला संयोजक शङ्कर देवकोटाले जोड दिए ।

सुरक्षित गर्भपतनका लागि सम्बन्धित महिलाको मन्ञ्जुरीमा १२ हप्ता सम्मको, जबरर्जस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहनगए १८ हप्ता सम्मको तथा गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरामा पर्ने भएमा, शारीरिक, मानसिक रुपले स्वास्थ्यमा असर पर्ने भएमा र विकलाङ बच्चा जन्मनसक्ने भएमा योग्यता प्राप्त चिकित्सकको रायले जुनसुकै अवधिको गर्भपतन गराउन सकिने कानूनी प्रावधान छ ।

वि.सं.२०७५ भदौ २५ सोमवार १४:५१ मा प्रकाशित

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...