back

भन्सार छली गरेर ल्याइएका बाह्र करोडको सामाग्री बरामद

वि.सं.२०७५ भदौ २७ बुधवार

360 

shares

२७ भदौ, काठमाडौँ । नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ ।

प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष वैशाखदेखि साउनसम्मको अवधिमा रु ३१ करोड ८९ लाख सात हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

सो अवधिमा ६ लाख ११ हजार ३०६ सवारीसाधनका धनी र चालकलाई कारबाही गरिएको छ । गत वर्षको चार महिनामा पाँच लाख २६ हजार ६६४ सवारीसाधनका धनी तथा चालकलाई कारबाही गरिएको थियो । प्रहरीले चार महिनामा एक हजार ९१९ किलो गाँजा बरामद गरेको छ । गत वर्ष सो अवधिमा ७०६ किलो गाँजा बरामद गरेको थियो । यस्तै चरेश ३४० किलो, हिरोइन दुई किलो र अफिम ११ किलो बरामद गरेको छ ।

प्रहरीले विभिन्न प्रकारका अवैध हातहतियार १०३ थान र गोली १६९ थान बरामद गरेको छ । गत वर्षको चार महिनामा हातहतियार ७५ थान र गोली ८६ थान बरामद गरिएको थियो । प्रहरी प्रवक्ता क्षेत्री गत वर्षको तुलनामा यस वर्ष आपराधिक गतिविधि बढेको बताउछन् । “प्रहरीको सक्रियता त बढेकै छ, तर सँगसँगै आपराधिक क्रियाकलाप गर्नेको सङ्ख्यासमेत बढेको पाइयो”, उनले भने ।

चार महिनाको अवधिमा दुई हजार १८१ प्रहरीको बढुवा, २४ हजार ६१३ प्रहरीको सरुवा, एक हजार ३५३ प्रहरी पुरस्कृत तथा ४९५ प्रहरीलाई सजाय दिइएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालयबाट जारी गरेको गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गरेको १० बुँदे प्राथमिकतालाई आधार मानेर काम गरेका कारण प्रहरीले ठूलो सफलता प्राप्त गरेको प्रवक्ता क्षेत्री बताउँछन् । । चार महिनाकै अवधिमा आपराधिक क्रियाकलापमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (विप्लव) तथा सिके राउत समूहका १५८ जनालाई पक्राउ गरिएको छ ।

वि.सं.२०७५ भदौ २७ बुधवार ०८:२२ मा प्रकाशित

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई...

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार...

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

काठमाडौं । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी...

पत्रकार महासंघ पर्वतमा थापा,  तनहुँमा पौडेल विजयी

पत्रकार महासंघ पर्वतमा थापा, तनहुँमा पौडेल विजयी

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा...