महेश मल्ल , न्यूयोर्क । सेप्टेम्बर २ तारिख २०१८ आईतबारका दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले बीपी कोईरालाको १०५ औं जन्मजयन्तिको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
न्यूयोर्क ब्लड सेन्टरसँग समायोजन गरेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम कुईन्सको ज्याक्सन हाईटमा रगतदान गर्न सकिने न्यूयोर्क ब्लड सन्टरले उपलब्ध गराएको बसमा गरिएको थियो । करिब एकसय जना भन्दा बडी सहभागि भएको सो कार्यक्रममा जम्मा ५७ जनाले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रमलाई सफल बनाउनका निमित्त केहिदिन अगाडि देखि नै व्यवस्थापकीय पाटो मिलाउन च्याप्टरका सभापति रोशन ढुंगाना, उपसभापति अमर तामाङ, महासचिव महेश मल्ल र सचिव एवं यस रक्तदान कार्यक्रमका संयोजक अनिल पाण्डे अहोरात्र खटिएका थिए ।
सो कार्यक्रममा सहभागि भएर रक्तदान गर्नुहुने सबैलाई पूर्व रक्षामन्त्री तथा हाल काठमाण्डौं क्षेत्र नम्बर ६का प्रतिनिधिसभाका सांसद नेता भिमसेन दास प्रधान, गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसे, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ,सचिव भोजराज थोकर, केन्द्रीय सदस्य प्रमोद सिटौला, पूर्व संयोजक बिष्णु सुवेदी, नेका महासमिति सदस्य वेद प्रसाद खरेल युवा नेता प्रगतिमान रंजित, अर्जुन प्रसाद मैनाली लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।
सोहिदिन स्वयमसेवकको भुमिकामा च्याप्टरका सदस्य बृन्दा राई, अनन्त सुवेदी, विवेक पौडेल, अग्नी ढकाल, कोषाध्यक्ष मोना शर्मा उपसभापति कमला पन्त, सदस्य चुण्डी शेर्पा, नवराज भट्ट खटिएका थिए। च्याप्टरका पूराना सकृय सदस्य शारदा क्षेत्री, पुनम रानामगर, टक रूवाली पिजी शेर्पा, आंग निमा शेर्पा, लगायतले पनि सो दिन स्वयम सेवकको रूपमा खटेका थिए । रक्तदान कार्यक्रम भव्यताका साथ सफल भएकोमा च्याप्टरका सभापति रोशन ढुंगाना महासचिव महेश मल्ल र सचिव एवं कार्यक्रमका संयोजक अनिल पाण्डेले सहभागि सबैलाई आभार प्रकट गर्दै धन्यवाद दिएका थिए ।रक्तदाताका नामावली यस प्रकार छन् :
वि.सं.२०७५ भदौ २८ बिहीवार १३:३० मा प्रकाशित