back

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना

वि.सं.२०७५ भदौ २८ बिहीवार

369 

shares

२८ भदौ, काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताएका छन् ।

नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको बताएका थिए ।

पूर्वप्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाबाट जनताले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीजस्ता उपलब्धि प्राप्त गरेको बताए । उनले भने, “नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलन भएकाले जनयुद्धमा धेरै ठूलो जनताको सहभागिता भएको थियो । हामीले जनताको अधिकारको निम्ति भएको युद्धको नेतृत्व ग¥यौँ र धेरै हदसम्म जनताका अधिकार स्थापित गराउन सफल भयौँ ।”

भेटका क्रममा उच्च शान्ति परिषद्की उपप्रमुख एवं पूर्वमन्त्री डा हबिबा साराबीले अफगानिस्तानमा शान्ति प्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको बताएका थिए । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेकोसमेत बताए ।

सो अवसरमा भ्रमण दलका सदस्यले नेपालमा सशस्त्र द्वन्द्वको क्रममा हतियारको स्रोत, पूर्वजनमुक्ति सेनासँग भएको हतियारको अवस्था र व्यवस्थापन तथा शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयको काम कारवाहीबारे पनि जिज्ञासा राखेका थिए । टोलीले शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा समेत छलफल गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

वि.सं.२०७५ भदौ २८ बिहीवार १४:१० मा प्रकाशित

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

नारायणगढ (चितवन) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

काठमाडौँ । के तपाईले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा...

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ...

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

काठमाडौँ । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता...

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि...

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य...