back

श्रीमतीसहित ५ जनाको गोलि हानि हत्या, आफूले पनि गरे आत्महत्या

वि.सं.२०७५ भदौ २८ बिहीवार

327 

shares
GLOBAL IME AD
NTC AD

स्मल आम्र्स सर्भेका अनुसार, नागरिकका हातमा विश्वभर करिब ८५ करोड ७० लाख बन्दुक छ र त्यसमध्ये ३९ करोड ३० लाख थान बन्दुक अमेरिकी नागरिकसँग रहेको छ ।

२८ भदौ, लस एन्जलस (रासस/एएफपी) । अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर बुधबार पाँच जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नै श्रीमतीको पनि हत्या गरी आत्महत्या गरेका छन् ।

क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको गोलीकाण्डलाई प्रहरीले घरेलु हिंसाको रुपमा व्याख्या गरेको छ । कर्न काउन्टीका प्रहरी अधिकृत मार्क किङले अपराह्न ५।१५ बजे गोली चलेको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए।

हत्यामा संलग्न व्यक्तिले ट्रक व्यवसायीको हत्या गरेपछि श्रीमतीको हत्या गरेका थिए । उक्त गोलीकाण्डका प्रत्यक्षदर्शीलाई पनि ती व्यक्तिले लखेट्दै हत्या गरेका थिए । गोली लागेर तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको छ । प्रहरीले पीडितहरुको नाम सार्वजनिक गरेको छैन ।

बन्दुकसँग सम्बन्धित हिंसाका घटना दिनहुँ भइरहने अमेरिकामा यो पछिल्लो गोलीकाण्ड हो । पछिल्लो अध्ययनमा अमेरिकाको जनसंख्या विश्वको कूल जनसंख्याको करिब चार प्रतिशत मात्र छ तर करिब ४० प्रतिशत बन्दुक अमेरिकी जनताका हातमा छ ।

स्मल आम्र्स सर्भेका अनुसार, नागरिकका हातमा विश्वभर करिब ८५ करोड ७० लाख बन्दुक छ र त्यसमध्ये ३९ करोड ३० लाख थान बन्दुक अमेरिकी नागरिकसँग रहेको छ ।

वि.सं.२०७५ भदौ २८ बिहीवार १५:१७ मा प्रकाशित

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी...

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को...

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको...