back

हिन्दु धर्ममार्फत राष्ट्रको प्रगति सम्भव – मन्त्री ज्ञवाली

वि.सं.२०७५ भदौ ३० शनिवार

306 

shares
GLOBAL IME AD
NTC AD


देबेन्द्र केसी । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले हिन्दु धर्मसँग नेपाल जोडिएकोले हिन्दु धर्ममार्फत पनि राष्ट्र प्रगति सम्भव भएको बताएका छन् ।

हरितालिका तिजको अवसर पारेर भुर्तुङ्ग गुल्मी– काठमाण्डौ सम्पर्क समाजले आयोजना गरेको दर खाने, एसईई सम्मान तथा महायज्ञ उपसमिति गठनु कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । मन्त्री ज्ञवालीले भने “मुस्लिम धर्मको प्रबर्धनबाट साउदी अरव सम्पन्न भए झै हिन्दु र बौद्ध धर्म को प्रबर्धन बाट नेपाल पनि सम्पन्न बन्न सक्छ र सोहि कडीमा रहेर समाजले गरेको समाजसेवामुलक काम र छापचौर स्थित दुर्गा भवन माध्यामिक बिधालयले आयोजना गर्न लागिरहेको ‘महायज्ञ’ प्राबिधिक शिक्षाको छेत्रमा कोशेढुङ्गा साबित हुने” बताए ।

कार्यक्रममा बोल्दै समिति अध्यक्ष दीपक शर्मा (ढकाल)ले जन्मभूमिबाट टाढा भएपनि सदैव जन्मभुमी लाई नै मनमस्तिस्कमा लिएर कार्य गरेको र गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो।कार्यक्रममा कालीगण्डकी गाँउपालिका वडा नं सातका प्रमुख लोक प्रताप शाह, दुर्गाभवन माबि का प्राचार्य पुन्यप्रसाद गौतमले बोल्दै प्राबिधिक बिधालय निर्माणार्थ यहि असोज ९ देखि सुरु हुन लागिरहेको महायज्ञको सफलताको लागि काठमाण्डौ बासी भुर्तुङ्गेलीहरुको सहयोग अत्यावस्यक रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता गोकर्ण पौडेल, समाजका संस्थापक सल्लाहकार नन्दा ज्ञवाली लगायतले बोल्दै काठमाण्डौमा रहेर समाजले गरेको कार्यको मुक्तकंठले प्रसंसा गर्दै महायज्ञलाई धनिभुत बनाउन सबै एक भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। कार्यक्रममा ‘महायज्ञ’ को सफलता र सहभागिताको लागि दिपक शर्मा (ढकाल) को संयोजकत्वमा शुरेस पौडेल, चिरन्जिवी ढकाल, कमल आचार्य, जमुना गौतम, दलबहादुर थापा, दुर्गा पौडेल, तिलक गुरुङ्ग, शुरेस ढकाल आनन्द गौतम, शिशिर गौतम , चोमबिक्रम शाह, लोकबहादुर क्षेत्री सदस्य र गोकर्ण पौडेल, नन्दा ज्ञवाली, डा श्रीधर गौतम, शारदा कुँवर, घनश्याम थापा मगर, अर्जुन हमाल, गोबिन्द गौतम, करुणा पौडेल, पुर्णभद्र पौडेल, शारदा पौडेल (काफ्ले), पुष्पनिधि गौतम, भवन शाह, जीवन गौतम, चक्रपाणी आचार्य, बाबुराम पौडेल,शिबजी गौतम,डा चिन्तामणी गौतम र बिष्णु आचार्य सल्लाहकार रहेको महायज्ञ उपसमिति बनाएको छ। तिज गित र नाचगान रहेको कार्यक्रममा महिलाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।

बत्तिसपुतली ,काठमाण्डौ स्थित अनुपम फुडल्याण्ड मा सम्पन्न कार्यक्रम मा समाजका उपाध्यक्ष सुरेश पौडेल, कोषाध्यक्ष चिरन्जिवी ढकाल,सहसचिव जमुना गौतम सदस्यहरु शिसिर गौतम, दलबहादुर थापा पुर्व सचिव आनन्द गौतम लगायतले कार्यक्रम ब्यवस्थापन गरेका थिए । गुल्मीको भुर्तुङ्गबाट काठमाण्डौमा बिभिद क्षेत्रमा कार्यरत तथा अध्यनरत भुर्तुङ्गेलीहरुको यो छाता संस्थाले स्थापना काल देखि नै समाजसेवामुलक र प्रोत्साहनमुलक कार्य गर्दै आईरहेको छ । सोहि कडी अनुरुप एसईईमा उत्कृष्ठ नम्बर ल्याउने बिधार्थीहरुलाई प्रमाणपत्र दिएर सम्मान गरेको छ ।
अवेरसम्म चलेको कार्यक्रमको अध्यक्षता समाज का अध्यक्ष दिपक शर्मा (ढकाल) र संञ्चालन समाज का सचिव कमल आचार्य ले गर्नुभएको थियो।

वि.सं.२०७५ भदौ ३० शनिवार ११:३३ मा प्रकाशित

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

धुलिखेल (काभ्रेपलाञ्चोक) । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले...

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा...

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...