back

शिखर वार्ताका लागि मुन सिधा उडानबाट प्योङयाङ जाने

वि.सं.२०७५ भदौ ३० शनिवार

312 

shares
GLOBAL IME AD
NTC AD
३० भदौ, सोल ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन कोरियाली शिखर वार्ताका लागि सिधा उडानमार्फत् वार्तास्थल जाने भएका छन् ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि उनीँ सिधा उडानबाट पश्चिमी सामुद्रिक सिमा क्षेत्र पार गरेर जाने भएका हुन् ।
दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शुक्रबार दिएको जानकारी अनुसार मुन र उहाँको प्रतिनिधि मण्डल शिखर वार्ताका लागि उत्तर कोरियाको राजधानी प्योङयाङ जान लागेको छ ।

दुई शीर्ष नेताहरूबीच यही सेप्टेम्बर १८ देखि २० तारिख सम्म प्योङ्याङ्मा वार्ता गर्ने तयारी भएको छ ।

शीर्ष नेताहरूको वार्ता अगाडी दुवै देशका वरिष्ठ अधिकारीहरूबीच वार्ता हुने कार्यतालिका रहेको छ । सो वार्ताका लागि दक्षिण कोरियाली वरिष्ठ अधिकारीहरूको टोली भने सेप्टेम्बर १६ तारिखमा उत्तर कोरियामा अवतरण गर्नेछ ।

शिखर वार्ता अन्तर्गत सवैभन्दा महत्वपूर्ण मानिने शीर्ष नेताहरूको पहिलो भेटवार्ताको प्रत्यक्ष प्रसारण गर्न दुवै पक्ष सहमत भएका छन् ।

उनीहरुबीच झण्डै पाँच घण्टा वार्ता हुने बताइएको छ । स्थानीय समय अनुसार दिउसो २ बजेपछि सुरु हुने भेटवार्ता कुनै विश्राम विना निरन्तर चल्ने कार्यतालिका छ ।

शीर्ष नेताहरूको छलफलका एजेण्डाहरूका बारेमा भने अहिलेसम्म विस्तृतमा जानकारी नगराइएको समाचारमा जनाइएको छ ।

वि.सं.२०७५ भदौ ३० शनिवार ११:१७ मा प्रकाशित

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...