back

दुई बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ

वि.सं.२०७५ भदौ ३१ आइतवार

255 

shares

३१ भदौ, कन्चनपुर । दुई जना छ वर्षका बालिकालाई चकलेट दिई बलात्कार गरेको आरोपमा कञ्चनपुरको बेलडाँडी गाँउपालिका– २ ढकनियाका ५७ वर्षीय राजेन्द्र विष्टलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
दुई जना बालिकालाई विद्यालयबाट फर्कने क्रममा चकलेट दिएर कोठामा लागि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । भदौ १५ गते विष्टले दुवै जना बालिकामाथि बलात्कार गरेका भए पनि बालिकालाई मार्ने धम्की दिँदा बालिकाले अभिभावकलाई सो कुरा नभनेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए ।

शुक्रबार बलात्कार भएकामध्ये एक बालिकाले आफ्नी आमालाई बाजेले हामीमाथि अनैतिक कार्य गरेको भनेपछि अभिभावकले विष्ट विरुद्ध इलाका प्रहरी कार्यालयमा मौखिक उजुरी गरेका हुन् । मौखिक उजुरीका आधारमा विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

“प्रारम्भिक बयानमा विष्टले दुवै बालिका आफ्ना नातिनी जस्ता भएकाले बलात्कार जस्तो अनैतिक कार्य नगरेको बताएको छ”, प्रहरी निरीक्षक बमले भने यथार्थ पत्ता लगाउन स्वास्थ्य परीक्षण गरिएको र सोही आधारमा कारवाही प्रकृया अगाडि बढाइने बताइएको छ ।

वि.सं.२०७५ भदौ ३१ आइतवार ०८:०७ मा प्रकाशित

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...