back

आँधीका कारण अमेरिका र फिलिपिन्समा ३९ को मृत्यु

वि.सं.२०७५ भदौ ३१ आइतवार

366 

shares
GLOBAL IME AD
NTC AD

३१ भदौ, मनिलारवासिङटन । फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले आइतबार जनाएका छन । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्याण्डमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिए । थप अरु केहीको पनि मृत्यु भएको हुन सक्ने उनले आशंका गरे ।

मृत्यु भएका मध्ये बागुओ सहरका एउटै परिवारका छजना भएको बताइएको छ । उनीहरुको घर भत्किएर मृत्यु भएको समाचारमा जनाइएको छ ।

आँधीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रुखहरु उखेलेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको र लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ ।
आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन ।
यो आँधी हाल हङकङ र चीनको पूर्वी भेगमा प्रवेश गरेको छ ।
त्यसैगरी अमेरिकाको क्यालिफोर्नियामा फ्लोरेन्स नाम दिइएको वर्षासहितको आँधीका कारण आइतबारसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

आँधीले अमेरिकाको उत्तरी तथा दक्षिणी क्यारोलिनामा भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको अधिकारीहरुले बताएका छन ।
हावाहुरीले थुपै रुखहरु ढालेको छ भने घरहरु भत्काएको छ । आँधीका कारण धेरै ठाउँ जलमग्न भएका कारण सञ्चार तथा विद्युत सेवा विच्छेद भएको छ ।

मृत्यु भएका मध्ये दुई जना आमा र बच्चा समेत रहेका छन । उनीहरुलाई रुख ढलेर उनीहरुकै घरमा च्यापेको थियो । घरमा आगलागी समेत भएको थियो ।

दक्षिण क्यारोलिनाको ह्याम्स्टेडमा एक महिलाको हृदयघात भएर मृत्यु भएको छ । आँधी आएपछि हृदयाघात भएकी उनलाई घरबाट उद्धार गर्न समेत कठिनाइ भएको बताइएको छ ।

स्थानीय हजारौं स्थानीय बासिन्दालाई सुरक्षित शिविरहरुमा लगिएको छ भने दशौँ लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन ।
मौसम अधिकारीहरुले हावाको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भएको छ ।

वि.सं.२०७५ भदौ ३१ आइतवार १५:५० मा प्रकाशित

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी...

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को...

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको...