back

साउदी अरब जाने नेपाली कामदारको न्युनतम ज्यालामा वृद्धि

वि.सं.२०७५ भदौ ३१ आइतवार

303 

shares

३१ भदौ, काठमाडौँ । साउदी अरबमा काम गर्न जाने कामदारको लागि ६ वर्ष पछि न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई गत शुक्रबार बसको मन्त्रिपरिषदको बैठकले स्विकृत गरेको हो । अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला १००० रियाल र खाना भत्ता ३०० रियाल देखि अधिकतम ज्याला ११००० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन् । नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् । यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३०० नेपाली अदक्ष कामदारले पाउनेछन् ।

साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ । अब राजपत्रमा प्रकाशित भएको मिती देखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणिकरण हुनेछ ।

वि.सं.२०७५ भदौ ३१ आइतवार १६:०२ मा प्रकाशित

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

काठमाडौँ । के तपाईले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा...

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ...

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

काठमाडौँ । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता...

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि...

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य...

व्यवारीसे लास व्यवस्थापनको जिम्मा लिँदै सांसद सुनिल शर्मा

व्यवारीसे लास व्यवस्थापनको जिम्मा लिँदै सांसद सुनिल शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्माले...