back
CTIZAN AD

बत्ती बाल्ने दिन गन्ती शुरु

वि.सं.२०७५ असोज १ सोमवार

732 

shares

१ असोज, नेपालगञ्ज । वर्षौको पखाईपछि बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुममा बिजुली बत्ती बल्ने भएको छ ।

सो कार्यका लागि सवस्टेसनबाट कुसुममा विद्युत लाइन विस्तारको काम दु्रतगतिमा भइरहेको छ । विसं २०७२ मै सक्नुपर्ने विद्युत विस्तारको काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको प्रदेश नं ५ का सांसद कृष्णा केसी नमूनाले बताए । अहिले स्थानीय सरकार, प्राधिकरण र प्रदेश सरकारबीचको समन्वयमा विद्युत विस्तारको काम दु्रतगतिमा अघि बढाइएको उनले बताए । राप्तीसोनारी गाउँपालिका–१ कुसुम क्षेत्रका नागरिकको घरघरमा बिजुलीबत्ती पु¥याउन अहिले सामुदायिक विद्युतीकरण संस्थाको माध्यमबाट विस्तारको कामलाई तीव्र बनाइएको हो ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हाललाई नौ वटा ट्रान्समिटरबाट कुसुम र आसपासका एक हजार घरधुरीले विद्युतको उपभोग गर्न पाउने गरी काम भइरहेको बताए । कुसुममा दुई हजार ८२५ घरधुरी छन । लामो समयदेखिको पर्खाइको नतिजा आउने बेला भएको भन्दै सांसद नमूनाले खुशी हुँदै भने,“अब कुसुमवासीको घरघरमा बिजुली बत्ती बाल्ने दिन गन्न शुरु गर्दा हुन्छ ।”

वि.सं.२०७५ असोज १ सोमवार १२:१५ मा प्रकाशित

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...