back
CTIZAN AD

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

वि.सं.२०७५ असोज १ सोमवार

630 

shares

१ असोज, डडेल्धुरा । डडेल्धुरालगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज बूढी पोल्ने पर्व मनाइँदैछ ।

असोज सङ्क्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनाको प्रतीकलाई पोल्ने गरिन्छ । किम्बदन्तीअनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला अर्थात गोठालाले पुतनाको शव दहन गरेको पण्डित कृष्णदत्त ओझाले बताए ।

द्वापर युगमा विशाक्त दूध सेवन गराइ बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्रीकृष्णले दूध चुसी मारेको र भगवान श्रीकृष्ण भने बाँचेको खुशियालीमा असोज सङ्क्रान्तिका दिन यो पर्व मनाइने गरिएको बताइन्छ । भाद्र सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने चलन छ । पुतनाकोस्वरुपमा तयार गरी सिङ्गारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईवस्तुलाई लगाउने चलन छ । राक्षसनीको आकृतिबाट जलेको खरानी पशु चौपायामा लगाएमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ ।
यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता सांस्कृतिक कार्यक्रम गर्ने चलन छ ।

वि.सं.२०७५ असोज १ सोमवार १२:२० मा प्रकाशित

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन । नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७...

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५०...

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका...