back
CTIZAN AD

पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक

वि.सं.२०७५ असोज १ सोमवार

666 

shares

१ असोज , काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप रु छ खर्ब लाग्ने बताएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्नुहुँदै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा पुनःनिर्माणमा रु तीन खर्ब ३६ अर्ब खर्च हुने भएकाले आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको बताए । प्राधिकरणले पुनःनिर्माणमा पहिलो वर्ष रु २२ अर्ब, दोस्रो वर्ष रु ४९ अर्ब र तेस्रो वर्ष रु एक खर्ब १४ अर्ब खर्च गरेको थियो । पुनःनिर्माणका लागि चालू आवमा रु एक खर्ब ५१ अर्ब विनियोजन गरिएको छ ।

विसं २०७३ वैशाखमा तयार पारिएको विपद्पश्चातको पुनः लाभ कार्य ढाँचामा पुनःनिर्माणका लागि रु नौ खर्ब ३८ अर्ब लाग्ने आँकलन गरिएको थियो । नेपालको पुनःनिर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुकसहित दातृ निकायले प्रतिबद्धता जनाएको कूल रु चार खर्ब १० अर्बमध्ये रु ६७ अर्ब उद्धार तथा राहतसहितका कार्यक्रममा खर्च भई रु तीन खर्ब ४३ अर्ब बाँकी रहेकामा त्यसमध्ये रु दुई खर्ब ६२ अर्बको सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धताअनुसारको रकम जुटाउन पहल गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनःनिर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकामा प्रशंसा गर्दै सो खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए । छलफलमा एशिया प्रशान्त विभागका उपनिर्देशक केन्नेथ काङ, प्राधिकरणका सहसचिव पीताम्बर घिमिरेसहित शाखा प्रमुख उपस्थित थिए ।

वि.सं.२०७५ असोज १ सोमवार १३:५८ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...