back

अमेरिका र क्युबाबीचको सम्बन्धमा ह्रास आयो– क्युबाली राष्ट्रपति

वि.सं.२०७५ असोज १ सोमवार

639 

shares

१ असोज, हवाना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा क्युबा र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा ह्रास आएको क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले बताएको छ ।

“दुई देशबीचको सम्बन्धमा आज ह्रास आएको छ । हामीले अझै पनि संवादको पहल जारी राखेका छौं र हामीले कुनै पनि बखत संवादको सम्भावनालाई खारेज गरेका छैनौं, तर यो समानताका आधारमा हुनु पर्दछ,” डायाज कनेलले टेलिसुर टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै बताए । कार्यकाल सम्हालेयता यस वर्ष उनको यो नै पहिलो अन्तर्वार्ता हो ।

अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प विजयी भएसँगै पूर्व राष्ट्रपति बाराक ओबामाले शुरु गरेको ऐतिहासिक कुटनीतिक संवादमा कमी भइरहेको छ ।

डायाज–कनेलले क्युबामाथि अमेरिकी आर्थिक प्रतिबन्ध नाजायज रहेको बताउँदै अमेरिकी प्रतिबन्ध नै मुलुकको विकासका लागि मुख्य बाधक रहेको उल्लेख गरे ।

उनले अमेरिकी कुटनीतिज्ञलाई प्रभावित तुल्याउने गरी भएको रहस्यमय “स्वास्थ्य आक्रमण” मा क्युबाको कुनै भूमिका नरहेको बताउँदै भने ः “हामीले कसैलाई पनि आक्रमण गरेका छैनौं ।”

स्वास्थ्य आक्रमणबाट पीडित भएका कुटनीतिज्ञहरुमा मस्तिष्कमा घाउचोट देखिएको र सुन्ने क्षमता कमजोर भएको पाइएको छ ।

सोही अन्तर्वार्तामा डायाज–केनेलले समलिङ्गी बिबाहलाई मान्यता दिन आफू तत्पर रहेको बताए । डायाज–केनेलले वर्षौंदेखि सत्ता चलाइरहेका क्यास्ट्रो परिवारको हातबाट गत अप्रिलदेखि राष्ट्रपतिको कार्यभार लिएको थियो ।

वि.सं.२०७५ असोज १ सोमवार १६:२८ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...