back

अमेरिकामा आँधीको ताण्डब जारी, एक दर्जन बढीको मृत्यु

वि.सं.२०७५ असोज १ सोमवार

291 

shares

१ असोज, ग्रिफ्टोन, संयुक्तराज्य अमेरिका । संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी रहेको समाचार छ । बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका छन ।

दुई दिन अघिमात्र टेक्सास राज्यमा आपतकालीन स्थितिको घोषणा गरिएको थियो । सो क्षेत्रमा अहिले पनि बाढी र आँधी आइरहेका समाचारहरु प्राप्त भएका छन ।

केही दिनयताको अविरल वर्षा र यसका कारण आएको व्यापक बाढीले ठूलो क्षति पुगेको छ । ती क्षेत्रमा आँधी पनि कायमै छ । आँधीले कैयौँ भौतिक संरचना उडाएको र ध्वस्त पारेको छ ।

टेक्सास राज्यका गभर्नर जर्ज अबोटले गत शनिबार मात्र त्यहाँका करिब ७८ काउन्टीमा आँधीको प्रभाव रहेकाले ती राज्यलाई नै आपतकालीन प्रभावित क्षेत्र घोषणा गरेको थियो ।

सोमबार प्राप्त समाचारमा यहाँको दक्षिणपूर्वी क्षेत्रहरुमा अविरल बाढी र आँधी जारी रहेका कारण यहाँ बाँधहरु फुट्ने र पहिरो जाने सम्भावना रहेको छ ।

अधिकारीहरुले प्राकृतिक प्रकोपका घटनामा अझ बृद्धि हुन सक्ने भन्दै यसप्रति सतर्कता अपनाउन पनि जोड दिएका छन । यस प्रकोपले यहाँ अरबौँ अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिको पनि क्षति पुगेको अधिकारीहरुले बताएका छन ।

आँधीका कारण अहिलेसम्म १५ जनाको ज्यान गइसकेको छ । उत्तर र दक्षिणी क्यारोलिनामा अविरल वर्षा जारी छ । वर्षाका कारण ती क्षेत्रहरुका नदीको सतह अस्वाभाविक रुपमा बढेको छ ।

मौसमविद्हरुले वर्षा र बाढी अझै केही समयसम्म नरोकिने भन्दै नदी किनारका बस्तीहरुमा नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन । उनीहरुले नदीको सतह बढेर बस्तीतिर पनि पस्न सक्ने खतरा रहेको र यदि यसो भयो भने यसले ठूलो विपत्ति निम्त्याउने बताएका छन ।
मौसमविद्हरुले उत्तरी क्यारोलिना र दक्षिण पश्चिमी भर्जिनियामा बाढीका कारण पहिरो आउन सक्ने बताएका छन । साथै उनीहरुले ती क्षेत्रमा अहिलेसम्मकै भारी वर्षा भएकाले सबै सर्वसाधारण नागरिकलाई सतर्क रहन पनि आग्रह गरेका छन ।
सरकारले ती क्षेत्रमा उद्धारका कामलाई पनि जारी राखेको बताएको छ । तर पनि भारी वर्षा र आँधीका कारण उद्धार कठिन भएको छ । आँधीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र उत्तरी क्यारोलिना हो । अधिकारीहरुले उत्तरी क्यारोलिनामा १० जना र दक्षिणी क्यारोलिनामा ५ जनाको ज्यान गएको बताएका छन ।
अहिले नै निकै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रमा आँधीको सम्भावना अझै नटरेकाले नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ ।

गत वर्षको अगस्टमा पनि टेक्सासमा आएको शक्तिशाली आँधीले जनधनको ठूलो क्षति पु¥याएको थियो । टेक्सासमा गत वर्ष ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी आएको थियो ।

मौसम अधिकारीहरुले आँधीको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भइरहेको छ ।

वि.सं.२०७५ असोज १ सोमवार १७:०७ मा प्रकाशित

‘अन्तिम क्षणसम्म’ लड्ने दक्षिण कोरियाली राष्ट्रपति युनको प्रतिबद्धता

‘अन्तिम क्षणसम्म’ लड्ने दक्षिण कोरियाली राष्ट्रपति युनको प्रतिबद्धता

। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गत साता सैनिक...

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

काबुल । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले...

युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु

युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु

किएभ, युक्रेन । युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रूसी...

रूसबाट जफत गरेको २० अर्ब डलर सम्पत्ति युक्रेनलाई दिइने

रूसबाट जफत गरेको २० अर्ब डलर सम्पत्ति युक्रेनलाई दिइने

काठमाडौँ । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सघाउने भएको छ...

दक्षिण कोरिया : राष्ट्रपति कार्यालयमा छापा

दक्षिण कोरिया : राष्ट्रपति कार्यालयमा छापा

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीले छापा मारेको छ...

मुम्बईको कुर्ला पश्चिममा चार जनाको मृत्यु, २५ घाइते

मुम्बईको कुर्ला पश्चिममा चार जनाको मृत्यु, २५ घाइते

मुम्बई । मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति...