back

७७ संस्थाको संयुक्त आयोजनामा कतारमा भव्य तीज

वि.सं.२०७५ असोज १ सोमवार

276 

shares
GLOBAL IME AD
NTC AD

हरितालिका तीज पर्वको अवसरमा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा स्थापित ७७ संघ संस्थाहरुको संयुक्त आयोजनामा भब्यरुपमा तीज कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार दोहाको गल्फ प्याराडाईज होटल सभाहलमा सस्थाका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा र नेपाली दूतावास कतारका राजदुत रमेश प्रसाद कोइरालाको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्दिजिबि, पत्रकारहरुको बाक्लो उपस्थित थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली राजदुतावास कतारका राजदुत रमेश प्रसाद कोइरालाले तीज पर्व सम्पुर्ण नेपाली महिला हरुको हकहितको निम्ति बुलन्द पार्ने चाड हो, तीज पर्व प्रबासमा रहेर पनि यसरी सयुक्त संघसस्था मिलेर मनाउदा खुशी भएको बताए । साथै कतारमा कुनै नेपालीलाई समस्या परेमा दूतावासलाई खबर गर्न आग्रह गरे ।

एनआरएनए आईसिसि मानार्थ सदस्य नरेन्द्र भाट, आईसिसि सदस्य बिनोद भट्टराई, होम नाथ शर्मा, कुमार कार्की, एनआरएनए कतारका सल्लाहकार गुरु नारायण रानाभाट, प्रबासी नेपाली मंच अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि जनप्रगतिशिल मंच कतार पाचौं महाधिवेशन सहसयोजक राजु डुम्रे , तराई मधेस प्रबासी मंच अध्यक्ष हुसेन खान, बिबेकशील साझा पार्टी कतारका सुरेश भट्ट ,नयाँशक्ति कतारका अध्यक्ष देब परियार, आयोजक सस्थाहरुको तर्फबाट नेपाली महिला समाज द्धितीय उपाध्यक्ष जानुका बस्नेत, प्रदेश समन्वय समितीका महासचिव टिएन बराल लगायत उच्च ब्यक्तित्वहरुको उपस्थित एबम शुभकामना दिएका थिए ।
त्यस्तैगरी सस्थाले उपस्थिति सबैलाई दरका बिभिन्न नेपाली परिकारहरु खुवाएको थियो ।

कार्यक्रममा चर्चित राष्ट्रिय गायिका शिलु भट्टराई, सल्मा तामाङ,सबिना लोप्चन, मन्जु श्रेष्ठ, पुजा लामा, रित कुमार श्रेष्ठ, निनल गुरुङ, जिना पुलामी मगर, जेनिफल कुईकेल जनक थापा मगर, गीता भुजेल, बिन्दा लिम्बू लगायत स्थानीय कलाकारहरुले तिजका मिठा , मिठा गित र नाचले मनोरञ्जन दिएका थिए ।

राष्ट्रिय कलाकार सिलु भट्टराईले श्रोतालाई तिजका गित प्रस्तुत गरेर नचाएकी थिईन् । उक्त सांगीतिक कार्यक्रमको संचालन आशा मगरले गरेकी थिइन ।


कार्यक्रमका सभापति नवीन पोखरेलले कार्यक्रममा आर्थिक भौतिक नैतिक रुपमा सहयोग गर्ने आयोजक सम्पूर्ण संघ संस्थाहरुलाइ बिशेष धन्यवाद दिदै कार्यकम समापन भएको घोषणा गरेका थिए ।

औपचारिक कार्यक्रम एनआरएनए एनसिसि कतारका महासचिव बुधबल गुरुङ र उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्य महिला बिभाग संयोजक सरिता गुरुङको थियो ।

वि.सं.२०७५ असोज १ सोमवार १७:२३ मा प्रकाशित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...