back

रिक्त जनप्रतिनिधिको विवरण अझै पठाएनन्

वि.सं.२०७५ असोज १ सोमवार

606 

shares


१ असोज, काठमाडौँ  । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको स्थानीय तहको जनप्रतिनिधिको निर्वाचनका लागि माग गरिएको विवरण अझै पठाइएका छैनन् ।

मन्त्रालयले एक महिना अगाडि सबै स्थानीय तहलाई रिक्त रहेको विवरण पठाउन भने पनि अहिलेसम्म १५ जिल्लाले मात्र सो सम्बन्धी विवरण पठाएको सङ्घीय महाशाखाका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिए ।

मन्त्रालयले एक हप्ताभित्र रिक्त जनप्रतिनिधिको विवरण उपलब्ध गराउने भने तापनि अझै नपठाएको उनले बताए । ‘‘हामीले रिक्त रहेका जनप्रतिनिधिको विवरण जिल्ला समन्वय समितिको कार्यालयमार्फत माग गरेका थियौं’’ उनले भने,‘‘ तर अहिलेसम्म १५ जिल्लाका विवरण मात्र प्राप्त भएको छ ।’’

उनका अनुसार मोरङ, अछाम, सिन्धुपाञ्चोक, काठमाडौैँ, धनकुटा, डोटी, सिराहा, पर्सा, अर्घाखाँची, लमजुङ, मनाङ, सङ्खुवासभा, सिन्धुली, जाजरकोट र धादिङ जिल्लाका ९६ स्थानीय तहका ११२ जना जनप्रतिनिधि रिक्त रहेका छन् । तीमध्ये धेरैजसो जिल्ला समन्वय समितिमा निर्वाचित भएर रिक्त रहेको शाखा अधिकृत जोशीले बताए ।

निधन भएरपनि केहि जनप्रतिनिधिको पद रिक्त भएका छन् । उनले रिक्त जनप्रतिनिधिमध्ये उपमहानगर, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्ष मात्र निर्वाचन हुने जानकारी गराए ।

वडा सदस्यको हकमा भने निर्वाचन नहुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता महेन्द्रनाथ भट्टराईले मन्त्रालयले रिक्त रहेको विवरण पठाए र सरकारले निर्वाचन घोषणा गरेपछि उपनिर्वाचन गर्न तयार रहेको बताए ।

‘‘हामीसँग निर्वाचनका सबै सामग्री तयारी अवस्थामा छन्’’ उनले भने, ‘‘सरकारले घोषणा गर्नासाथ उपनिर्वाचन गर्न तयार छौ ।’’

वि.सं.२०७५ असोज १ सोमवार १९:२६ मा प्रकाशित

Himalayan Life AD
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवा । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज...

सिनामंगलमा प्रहरी असईद्वारा ४ महिने शिशुको घाँटी रेटी हत्या

सिनामंगलमा प्रहरी असईद्वारा ४ महिने शिशुको घाँटी रेटी हत्या

काठमाडौं । राजधानीको सिनामंगलमा एक प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै...