back

निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाँचो

वि.सं.२०७५ असोज १ सोमवार

498 

shares

१ असोज, काठमाडौँ । नेपालको संविधानले आत्मसात् गरेको समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणाली र पद्धतिमा व्यापक सुधारको खाँचो औँल्याइएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा आज यहाँ आयोजित अन्तरक्रियामा सहभागी वक्ताले विभिन्न समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए ।

‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : प्रतिनिधित्व प्रणालीको समीक्षा र भावी मार्गचित्र’ विषयको उक्त अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले परिवर्तनलाई स्थायित्व प्रदान गरी सही दिशातर्फ उन्मुख गराउने निर्वाचन नै एक मात्र माध्यम भएको धारणा व्यक्त गरे ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले समानुपतिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेर हुने स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनले मात्र लोकतन्त्रको विकासमा योगदान दिने भएकाले निर्वाचन प्रणालीलाई सुधार गर्दै लैजान सकिने बताए ।

नियोकका महासचिव गोपालकृष्ण शिवाकोटीले आवधिक निर्वाचन र लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गरेको मुलुकमा समेत निर्वाचनमा समावेशी र समानुपातिकको पाटाबाट सहभागिता र प्रतिनिधित्व कस्तो रह्यो भन्ने ढङ्गबाट मूल्याङकन गरिने बताए । सो अवसरमा सहभागी वक्ताले निर्वाचन प्रणाली सुधार गर्नुअघि राजनीतिक दललाई आफ्नो सङ्गठन समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गर्ने व्यवस्था गर्न सुझाव दिएका थिए ।

वि.सं.२०७५ असोज १ सोमवार १९:५१ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...