२ असोज, काठमाडौं । विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्षित गरी ४० अर्बको नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलमा रहेको आजको नागरिक दैनिकमा समाचार छ ।
मुद्रा व्यवस्थापन विचनगका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन निरौलाले पोहर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिएका छन् । पोहर दसैंमा राष्ट्र बैंकले ४० अर्बको नोट बजारमा पठाएको थियो ।
उनका अनुसार अब २–३ दिन भित्र हुने छलफलले सटही सुरु हुने दिन र तौरतरिका टुंगो लगाउने छ । बैकले दसैंका लागि नयाँ नोट छपाइसकेको छ । साना र ठूला दरका नयाँ नोट बजरामा जानेछन् ।
वि.सं.२०७५ असोज २ मंगलवार ०८:०९ मा प्रकाशित




























