२ असोज, काठमाडौं । बेनी–जोमसोम सडक पहिरोले अबरुद्ध बनेपछि मुस्ताङको प्रमसख कृषि उत्पादन स्याउ बजारमा पु¥याउन समस्या भएको छ । बगैचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएका स्याउ गोदाममै कुहिन थालेका छन् ।
किसाानले भदौ अन्तिम साता देखि टिपेर बजारमा पठाउने तयारी गरेका थिए ।
बेनी जोमसोम सडकका दर्जनौ ठाउँमा पहिरो गएको छ । किसानले स्याउ टिप्नु र सडकमा गाडी आउ जाउँ गर्न रोकिनु एकैपटक भएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
‘बगैचाबाट टिपेर गोदाममा राखेको र ट्रकबाट पठाउन लागेको लाखौं रुपैयाँको स्याउ कुहिन थालेको छ,’ बेनीबाट स्याउ किन्न मुस्ताङ गएका व्यपारी सन्तमान तामाङले भने, ‘ डोकोमा बोकेर ढुवानी गर्दा महँगो पर्छ ।’
वि.सं.२०७५ असोज २ मंगलवार ०८:१६ मा प्रकाशित






























