back

दुर्घटनामा दुईको मृत्यु

वि.सं.२०७५ असोज २ मंगलवार

303 

shares
GLOBAL IME AD
NTC AD

२ असोज, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा पिकअप भ्यानले मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मे१च ४१७२ नम्बरको पिकअप भ्यानले स८प ९६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको लहान नगरपालिकास्थित गोविन्दपुर निवासी १९ वर्षीय दुधनाथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सडकमा को२५प ४३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–२ निवासी ३५ वर्षीय अशोक झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते भएका झाको राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ असोज २ मंगलवार १४:४८ मा प्रकाशित

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...