back

एएफसी यु-१६ महिला च्याम्पियनसिप, फिलिपिन्ससँग सामना गर्दै नेपाल

वि.सं.२०७५ असोज २ मंगलवार

273 

shares
GLOBAL IME AD
NTC AD

२ असोज, काठमाडौँ । एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिप छनोटको उद्घाटन खेलमा नेपालले बलियो टोली फिलिपिन्सको सामना गर्दैछ ।

आगामी सन् २०१९ मा थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोटअन्तर्गत समूह इ का खेलमा नेपालले विजय लक्ष्यका साथ भोलि बुधबार फिलिपिन्सको सामना गर्दैछ । पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् । उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

नेपाली टोलीकी मुख्य प्रशिक्षक गङ्गा गुरुङले उक्त प्रतियोगिताको तयारी राम्रो रहेको भन्दै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो । उहाँले अघिल्लो चरण प्रवेशको लागि पनि फिलिपिन्सविरुद्धको खेल महत्वपूर्ण हुने भन्दै नतिजा आफनो पक्षमा पार्न सक्दो प्रयास गर्ने बताउनुभयो । नेपाली टोलीकी कप्तान प्रिती राईले आफूहरु मानसिकरुपमा तयार रहेको बताए । फिलिपिन्सका प्रशिक्षक मारिऐ बेनिटेजले आफ्नो टोलीको तयारी राम्रो रहेको भन्दै प्रतियोगितामा राम्रो नतिजा निकाल्ने आशामा रहेका छौ भने ।

नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् ।

वि.सं.२०७५ असोज २ मंगलवार १६:१६ मा प्रकाशित

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा...

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...