back

‘गणेशमानजीले शैलजालाई पनि भाडा माझ्न सिकाउनु भयो’

वि.सं.२०७५ असोज २ मंगलवार

327 

shares
GLOBAL IME AD
NTC AD

 

यसैकारण गणेशमानजीले जनजागरण अभियान सन्चालन गरेर देश दौडाहामा लाग्नु भएको थियो । पुर्वतिरको पछिल्लो चरणको कार्यक्रमले गिरीजामा छट्पटी उत्पन्न भयो । जब गणेशमान जी दोश्रो चरणको जागरणका लागि पश्चिमतर्फ लाग्नु भयो । गिरीजाको षडयन्त्रमा भरतपुर विमानस्थलको अति विशिष्ठ कक्षको कुर्सीबाट गणेशमानलाई लडाइयो । बुद्ध शरिमा गिरीजाले रोग हालिदिइ हाले । यसरी गणेशमानजीको सक्रियता टुंगिएको थियो ।

 

दरबारमा जन्मिएर घरबार विहिनहरुको मुक्तिका लागि जीवन संमपर्ण गर्ने योद्धा हुन् गणेशमान सिंह । नेपालको इतिहासमै पहिलोपटक जेल ब्रेक गरेका सिंह नेपाली राजनीतिमा लौह पुरुष भनेर चिनिन्छन् । सिंह २००७ सालको क्रान्तिका योद्धा तथा ०४६ सालको ऐतिहासिक संयुक्त जनआन्दोलनका कमाण्डर समेत हुन् ।

नेपाली राजनीति पदलोलुपताको सिकार भइरहेको बेला सिंह भने आफूलाई प्राप्त भएको प्रधानमन्त्रीको पद समेत स्वीकार नगर्ने नेता हुन् । यसकारण उनी महात्मा गान्धी र लेनिनको समकक्षमा रहने नेता समेत माान्छन्, सिंह जस्तै सादगी नेता दुर्गा सुवेदी । १७ वर्षकै उमेरमा हातमा बम बोकेर राजा महेन्द्रको हत्या गर्न तम्सिएका सुवेदी नेपालमै पहिलोपटक विमान अपहरण गरेर पंचायतका साँचा किला हल्लाउने व्यक्ति समेत हुन् । उनै सुवेदीको नजरमा लौहपुरुष सिंह कस्ता थिए ? सुवेदीसँग गरिएको चर्चा

खाना मिठो पकाउनुहुन्थ्यो
गणेशमान जी राजसी परिवारमा जन्मनु भएको थियो । जन्मले उहाँ चादीको थालमा सुनको चम्चाले खाने मानिस हुनुहुन्थ्यो । तर, उहाँले त्यसको उल्टो श्रमिकको मुक्तिको बाटो अंगाल्नु भयो । उहाँले राणाको कैदबाट भागेर राणाहरुको सत्तालाई चुनौती दिनुभयो । पंचायतसँग लामो लडाइ लड्नु भयो । पंचायतसँगको यहि लडाइमा प्रवासमा रहँदा उहाँले मेसमा खाने सबैले खाना पकाउनु पर्ने, भाडा माझ्नु पर्ने नियम समेत बसाल्नु भएको थियो । उहाँसगै शैलजा आचार्य र चक्र वास्तोला समेत बस्दथे । सैलजाले जिन्दगीमा खाना पकाउने र भाडा माँझ्ने काम गरेकी थिइनन् । तीनलाई समेत पकाउन र भाडा माझ्न पोख्त बनाउनु भएको थियो सिंहले । उहाँले पकाएको खाना यति मिठो हुन्थ्यो कि सबैजना गणेशमानको खाना पकाउने पालो कुरेर बस्दथे ।

मासु पकाउन त उहाँलाई कसैले जित्नै सक्दैन थियो । उहाँले पकाएको दिन सबैजना औला, हत्केला र थाल चाटेर बस्थे ।

आफू नपढ्ने अरुलाई पढाउने
गणेशमान जी दार्शनीक नेता हुनुहुन्थ्यो । उहाँले कुनै भाषाणमा कुनै दार्शनिकको नाम उच्चारण गरेको मैले कहिल्यै सुनिन । उहाँ आफू कहिल्यै पढ्नु पनि हुन्न थियो । अखबारहरु पनि अरुलाई पढ्न लगाएर आफूले सुनेर बस्नुहुन्थ्यो । पुस्तकमा उहाँको खासै रुची थिएन । तर उहाँलाई एकपटक सुनेपछि पुग्दथ्यो । भाषण गर्दा पनि व्यवहारिक कुरा गर्ने,मान्छेको दुःख पीडाका कुरा गर्ने उहाँको बानी थियो ।

के आइ सिंह र गणेशमान सिंह चर्पी र पर्खालको किस्सा
गणेशमान सिंहले आफूले राणाहरुको जेल तोडेर भागेको कुरा खुब गर्वका साथ सुनाउनु हुन्थ्यो । उहाँ नेपालको इतिहासमा पहिलोपटक जेल ब्रेक गर्ने नायक पनि हुनुहुन्थ्यो । राणाहरुको कैदबाट भागेर बनारास पुगेपछि गणेशमान विपीको सम्पर्कमा आएर कांग्रेसको संस्थापक बन्नु भयो ।

००७ सालको क्रान्तिका अर्का नायक डा. कुवँर इन्द्रजित सिंहसँग उहाँको पटक्कै कुरा मिल्दैनथ्यो । डा. के आइ सिंह ००७ सालको क्रान्तिबाट प्राप्त उपलब्धिबाट सन्तुष्ट थिएनन् । यसकारण उनले हतियार बिसाएनन् । उनले सिंहदरबारनै कब्जा गरेका थिए । पछि सेनाले प्रत्याक्रमण गरेपछि के आई सिंह, सिंहदरबारबाट भागेर चीन पुगेका थिए । यहि प्रसंगलाई लिएर गणेशमानले आफूले जेल तोडेर जेलको पर्खाल माथिबाट भागेको तर, के आइ सिंह भने हारेर चर्पीबाट भागेको कथा बडो रमाइलो तरिकाले सुनाउनुहुन्थ्यो ।

वीपी डराउनु हुन्थ्यो, गणेशमान निर्धक्क
०२५ सालमा राजा महेन्द्रको कारावासबाट छुटेपछि गणेशमान र वीपी भारत प्रवासमा जानु भयो । त्यहि विचमा वीपीले शसस्त्र क्रान्ति सुरु गर्नु भयो । क्रान्तिका लागि पैसा चाहिन्थ्यो । हामीसँग पैसा सकिदै थियो । यहि क्रान्तिलाई सफल पार्न ०३१ सालमा हामीले राष्ट्र बैंकको पैसा लिएर विराटनगरबाट काठमाडौं उडेको विमान अपहरण गर्यौ । उक्त विमान अपहरणपछि हामीलाई भारतीय प्रहरीले पक्रेर जेलमा राखेको थियो । ०३३ सालमा गणेशमान र वीपी राष्ट्रिय मेलमिलाप अन्तर्गत स्वदेश फर्कने हुनु भयो । यहि क्रममा उहाँहरु दुवैजना हामीलाई भेट्न जेलमा आउनु भएको थियो । यहि भेटमा वीपीले हामीलाई यता तपाइलाई पनि फासी हुने सम्भावना छ, उता नेपालमा हामीलाई पंचायतले फासी दिन सक्छ भनेर निरासा व्यक्त गर्नु भएको थियो । तर, गणेशमानले भने–केही हुँदैन्, न यता (भारतमा) इन्दिरा गान्धीसँग तिमीहरुलाई फासी दिने तागत छ न नेपालमा विरेन्द्रले हामीलाई फासीमै लट्काउन सक्छन् । धैर्य गर एकदिन त इन्दिरा र उता पंचायत दुवै ढल्ने छन् भनेर ढाडस दिनुहुन्थ्यो ।

यसैले पनि हो मैले, जहिले पनि गणेशमान वीपी भन्दा सधै दुई कदम अगाडि हुनुुहुन्थ्यो भन्ने । वीपीलाई गणेशमानले नेता मानेपनि खास नेता गणेशमान जी नै हुनहुन्थ्यो ।

कोइराला निवासमै कोइराला विरुद्ध
कलवलगडी महाधिबेशन पछि गिरीजा कांग्रेसलाई जसरी पनि आफ्नो मुठ्ठीमै लिन चाहान्थे । तर, गणेशमान जी सधै संस्थागत तरिकाले पार्टी चलाउने कुरा गर्नुहुन्थ्यो । यहि विषयलाइ लिएर गणेशमान गिरीजाका बिच द्धन्द्ध सुरु भयो । अझ ०४८ मा मन्त्रिपरिषद् पुर्नगठनको नाममा जगन्नाथ आर्चाय, ढुण्डीराज सास्त्री लगायतका ६ मन्त्रीलाई पजनि गरेपछि कांग्रेसभित्र द्धन्द्ध चर्कियो ।

यसैकारण गणेशमानजीले जनजागरण अभियान सन्चालन गरेर देश दौडाहामा लाग्नु भएको थियो । पुर्वतिरको पछिल्लो चरणको कार्यक्रमले गिरीजामा छट्पटी उत्पन्न भयो । जब गणेशमान जी दोश्रो चरणको जागरणका लागि पश्चिमतर्फ लाग्नु भयो । गिरीजाको षडयन्त्रमा भरतपुर विमानस्थलको अति विशिष्ठ कक्षको कुर्सीबाट गणेशमानलाई लडाइयो । बुद्ध शरिमा गिरीजाले रोग हालिदिइ हाले । यसरी गणेशमानजीको सक्रियता टुंगिएको थियो ।

 

वि.सं.२०७५ असोज २ मंगलवार १७:३४ मा प्रकाशित