३ असोज, काठमाडौँ । लगानी बोर्डले ७५० मगावटको पश्चिम सेती जलाशययुक्त जलविद्युुत् आयोजना विकासका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सिटिआईसँग भएको समझदारी औपचारिक रुपमै खारेज गरेको छ ।
मंगलबार बसेको बोर्डले ३२ औँ बैठकले यस्तो निर्णय गरेको हो ।
०६८ मा भएको सम्झौताअनुसार सात बर्षभित्र अर्थात आगामी चैत्रभित्र योजना सकिनुपर्ने थियो, तर साढे ६ बर्षसम्म काम नै सुरु नभई सम्झौता खारेज भएको छ ।
थ्री गर्जेजले पश्चिम सेती अघि बढाउन अनिच्छा देखाएकाले परियोजना विकासको उपयुक्त ढाँचा सिफारिस गर्न उर्जामन्त्री, अर्थमन्त्री र लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत रहने गरी ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको लगानी बोर्डले जनाएको छ ।
वि.सं.२०७५ असोज ३ बुधवार ०७:२९ मा प्रकाशित




























